Similar Articles

लेख रचना

जनस्वास्थ्यको संवाहक बन्नुहोस: डा रवीन्द्र पाण्डे

बिराट नेपाल

प्रचण्ड गर्मी तथा वर्षाको कारण देशका अधिकांश भागमा झाडाबान्ता, आउँ, टाइफाइड ज्वरो, जण्डिस ( भाइरल हेपाटाइटिस ) आदि रोग फैलिएको छ । यसबाट बच्न निकै सजिलो र सस्तो उपायहरू छन् । तसर्थ कम्तीमा पनि यसो गरौँ / गर्न सिकाऔं

१. खाना खानु अघि , खाने बस्तु छुनु अघि, मुखमा हात लानु अघि ,काम गरेपछि , दिशापिसाब गरेपछि साबुन पानीले मिचीमिची हात धुनुहोला । कम्तीमा हप्ताको एकपटक नङ काटौं ।

२. पानी १० मिनेटसम्म भकभक उमालेर सफा भाँडामा राखेर सेवन गर्नुहोला । एकपटक भकभक उम्लेको पानी सेलाएर बोतल वा भाँडामा राखेपछि त्यो ४/५ दिन पिउन सकिन्छ ।जारको पानी वा मिनरल वाटर पनि सुरक्षित छैनन् ।
३. सागसब्जी, फलफुललाई आफैले धोएर, खुर्केर, उमालेको पानीले सफा गरेर तथा तरकारीलाई राम्रोसँग पकाएर मात्र खानुहोला ।
४. सकभर घरमै खाना खानुहोला ।
५. होटेलमा सलाद नखानु नै राम्रो ।
६. खाना खाने थाल, चम्चा, कचौरा, गिलास आदिलाई अन्तिममा उमालेको पानीले सफा गर्नुहोला ।
७. कुल्ला गर्दा, दाँत माझ्दा समेत उमालेको पानी प्रयोग गर्नुहोला ।
८. बासी तथा झिंगा लागेको खाना नखानुहोला ।
९. बजारमा पाइने चटपटे, पानीपुरी, बरफ, आइसक्रिम, पान, राम्रोसँग नमाझेको गिलासको जुस आदि नखानुहोला ।
१०. सडकमा राखेका तथा फोहोर पसलबाट मासु किनेर नखानुहोला ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक