Similar Articles

कथा लघुकथा

अमेरिकामा किस्ताबन्दीको सुखी जीवन--मनु ब्राजाकी

बिराट नेपाल

कानुनी प्रकृया पुर्याएर अमेरिकामा आएपछि कानूनसम्मत ढङ्गले काम पाइन्छ । कानूनसम्मत ढङ्गले काम पाएपछि यहाँ सबै कुराहरू किस्ताबन्दीमा पाइन्छ । 

घर किस्ताबन्दीमा । घर सजाउने सर्जाम किस्ताबन्दीमा । नयाँ र पुरानो मोटर चढ्न किस्ताबन्दीमा । गरिब देशको तुलनामा स्तरीय जीवनयापनका सबै साधन र मोजमज्जाका सबैथरी सर्जाम किस्ताबन्दीमा पाइन्छ । 

ब्वायफ्रेण्ड, गर्लफ्रेण्ड, श्रीमान, श्रीमती पनि 'लिभिङ टुगेदर' को शर्तबन्दी अन्तर्गत किस्ताबन्दीमा पाइन्छ । छोट्करीमा भन्नुपर्दा सुख सुविधायुक्त जीवन व्यतीत गर्न यावत् कुरा किस्ताबन्दीमा पाइन्छ ।

यिनै किस्ताबन्दीका किस्ता तिर्न गधाकाझैं एकठाउँको कामले नभ्याएर दस ठाउँमा दलिनुपएछ ..... मोजमज्जा गर्न बाँचुञ्जेल । 

अतः ढुक्क हुनुहोस्, अमेरिकामा मोजमज्जापूर्बक किस्ताबन्दीमा पाइन्छ तर मर्न किस्ताबन्दीमा पाइँदैन । 

त्यतिमात्र कहाँ, मरेपछि गाडिन र पोलिन पनि किस्ताबन्दीमा पाइँदैन ।

Manu Braajaaki
Manu Braajaaki
Manu Braajaaki


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक