Similar Articles

लेख रचना

अश्विनी कोइरालाको जुकरबर्ग क्याफेभित्रको कथाको रस पिउँदा--आचार्य प्रभा

बिराट नेपाल

अश्विनी कोइरालाको कथा सङ्ग्रह "जुकर वर्ग क्याफे "अध्योपान्त पढेर सिद्ध्याएँ|एउटा पत्रकारको रूपमा मैले आजभन्दा १५ वर्षअघि काठमाण्डौमा भेटेको अश्विनी भाइ जस्ले १५ /१६ वर्षअघि कान्तिपुर साप्ताहिकको साताकी गृहिणीको पेजमा मेरोपनि अन्तर्वार्ता लिनु भएको थियो| शायद त्यो समय वंहाको त्यो जागिरको सुरुवात नै हुनुपर्छ र अझैपनि त्यो साताकी गृहिणीको मेरो अन्तर्वार्ता मैले सुरक्षित राखेकी छु |

मलाईपनि लाग्थ्यो कि अश्विनी मान्छे केटा हो तर नाम चाँही किन केटीको जस्तो ? जस्तो नाम त्यस्तै कामपनि महिलाहरुकै बारेमा लेख्ने मिलेकोपनि रहेछ |एउटा पत्रकारको साहित्य यत्ति अब्बल र शब्दसंयोजन मन मोहक हुन्छ भन्ने शायदैले सोंच्लान् तर मैले त अश्विनिको लेखन स्वाद पहिला नै पाईसकेकी थिएँ जतिबेला मेरो अन्तर्वार्ताकोलागी हाम्रो भेट भएको थियो |करिब डेढ दशक नै पो भएछ| कुन ठाउँमा हाम्रो भेट भएको थियो ?त्यो ठाउँ चाँही हेक्का नै भएन |त्यस्पस्चात पत्रकार अश्विनी कोईरालासंग कहिल्यै मेरो साक्षात भेट भएन केवल वंहाका रचनाहरू बाहेक |बरु यदाकदा अच्युत कोइराला वंहाको भाइ जो सिद्धहस्त पत्रकार र लेखक नै हुनुहुन्छ| वंहासंग भने पछि एकदुई पटक भेट भएकोथियो | 

धेरै वर्षपछि अकस्मात "जुकरबर्ग क्याफे"पढ्ने अवसर मिल्यो |धेरै समयसम्म प्रवासमा रहनु परेकोलेपनि यस्ता कृतिहरुबाट बिमुख नै रहनु परेकोले यो पुस्तक पाउँदा एकप्रकारको कौतुहलता ममा जाग्यो र  "जुकरबर्ग क्याफे" दुई दिनमै सिद्ध्याएं | यो सङ्ग्रह पढिसकेपछी केही लेख्छु  भन्ने धोकोपनि थियो किनकि यो कथा सङ्ग्रहका लेखकसंग मेरो पुरानो सम्बन्ध कान्तिपुर साप्ताहिकको साताकी गृहिणीबाट नै जोडिएको थियो र मपनि कलमकर्मी भएको नाताले अनि एक पाठक भएको हैसियतले केही लेख्नु पाठकको कर्तब्यपनि ठानें |

मैले जब यो पुस्तक हात पारें |म'मा एक प्रकारको उत्सुकता र कौतुहलता जाग्यो अनि मैले फेस्बुक स्टाटसमापनि यो पुस्तक पढ्ने तयारीमा छु भन्ने भावना छरें|मेरा एकजना भाइ जो आफुपनि राम्रो कलम चलाउँछन् रबिन बैध्य तामांगले "दिदी पढेर छलफल गर्न पाए कति रमाइलो हुन्थ्यो होला नि ?"भनेर प्रतिक्रिया लेख्नु भएछ |त्यसैलेपनि मैले पढेर केही लेख्ने पर्छ भन्ने अभीष्ट पालें |

यो कथा सङ्ग्रहमा औसत कथाहरू लेखकले आफ्नै  इतिहासका घटनाहरूलाई बडो जादुमय ढङ्गले प्रस्तुत गर्नु भएको छ |गाउँको जन्म अनि आफ्नो व्यक्तित्व विकास र जिजीबिषाको कुम्लो बोकेर हर उत्साही युवाहरू काठमाण्डौ भित्रिनुको संघर्षमय कथालाई आफ्नै कथा बनाएर आफै कथाको पात्र भएर सर्लक्क उभिनु भएको छ लेखक आफै |यो सङ्ग्रहको पहिलो कथा "ईला मिसको पत्रले"धेरैजसो महिलाहरूको मनोभाव दर्साएको छ |जो यस्तो छ |महिलाहरुजत्तिसुकै पढे लेखेपनि आफू सक्षम भएपनि किन लोग्ने चाँही आफूभन्दा पढेलेखेका र सक्षम खोज्दछन्?यस्को मत्लब महिलाहरू जत्तिसुकै सक्षम र पढेलेखेका भएपनि आफूलाई लोग्ने मान्छेभन्दा कम्जोर नै ठान्छन् कि ? भन्ने जस्ता शङ्का यो कथामा मैले गतिलो झटारो पाएँ |अनि कथामा एउटी शिक्षिका र विद्यार्थीलाई माध्यम बनाएर प्रेमको मीठो मर्म पोख्ने प्रयास गरिएको छ |अर्को कथा "सावित्री सत्यवान"जुन कथामा प्रेमलाई अमर र अजर देखाउने प्रयास गरिएको छ भने अहिलेको  सामाजिक सञ्जाल फेस्बुकले पचासौं वर्ष पुरानो प्रेमलाई प्रौढावस्थामापनि पुनर्जीवित गराएको छ जुन चाखलाग्दो छ |नातीको फेस्बुकको कारणले हजुर आमाले आफ्नी पुरानो प्रेमीलाई पाएकी छिन्|यो कथा अनौठो र घतलाग्दो छ |

यस्तै गरेर अन्य कथाहरूमा "युवकको प्रेममा " यो कथामा जसरि एक युवक कथाकार अश्विनीसंग गज्जबले झुक्किएका छन्| सुरुमा मपनि उसरी झुक्कीएकी थिएँ |कसैले भन्यो मलाई| तँपाईलाई पत्रकार अश्विनी कोइरालाले भेट्ने रे भनेर, खबर सुनायो |मैलेपनि उक्त मलाई भेट्ने पत्रकार अश्विनी केटी होलीन् भनेर सम्झेकी थिएँ तर पुरुष पाउँदा अचम्भित भएकी थिएँ |यो कुरा मैलेपनि करिब १५ वर्षपछि आज यो कथाको माध्यमबाट खोल्ने मौका पाएँ | 

यस्तै अर्को कथा "पूर्व कथा" यो कथामापनि साबित्री -सत्यवानमा झैँ बिछोडिएको प्रेमीलाई फेस्बुकको माध्यमबाट मीठो मिलन गराएर मुर्झाएको मुहारमा बहार थपी दिएको छ तर यो कथाले आजभोलीको फेस्बुक मोह अनि यस्को प्रयोग कत्तीसम्म सही र उचित हो ?भन्ने कुरामापनि प्रश्न तेर्स्याएको देखिन्छ |यदि प्रेम साँचो र सही ठानेमा केवल प्रेमको मिलन गराउनु मात्र त फेस्बुकको भूमिका सत्य छ तर कतै फेस्बुक मिलनले बसेको घर त उठिबास लाग्दैन ?यो बारेपनि सोंच्न जरुरी छ |कथा केवल कथामा नै सीमित रहोस्|कसैको बसिसकेको घर नभत्कियोस् यो माध्यमले |

यस कथा सङ्ग्रहमा संग्रहित २४ कथाहरूमा सबै आ-आफ्नै ढङ्गका छन् |कथाकारले सबै कथामा अन्त्यमा सकारात्मक खुराकहरु हालेर कथा पढीसकेर नाक नखुम्च्याउने औषधी छरिदिएका छन् |अहिलेको आधुनिक युगमा सामाजिक सञ्जाल र अनेक माध्यमबाटपनि पुराना इतिहासलाई जीवित गर्न सकिन्छ भन्ने जस्ता खुराकदेखि लिएर गाउँको सोझो केटोको सङ्घर्ष अनि मिस्टर एल जस्ताको जादुमय कथाले यो सङ्ग्रहलाई पूर्णता दिएको छ |

हुनत पाठकहरुको आ-आफ्नो रुचि र बिचार हो |मलाई मन पर्ने अरूलाई नपर्न सक्छ |अरुलाई मन पर्ने मलाई मन नपर्न सक्छ |यो त एक नियम नै हो |तरपनि एक पत्रकारपनि साहित्यकार/कथाकार  हुन सक्छ भन्ने यो मीठो र सत्य उदाहरण हो |बरु यसो भन्न सकिएला पत्रकार कवि/लेखक बन्न सक्छ तर साँचो र सही पत्रकार बन्न कविले धेरै घाटको पानी पिउनु पर्छ |पत्रकार पेसा सजिलो छैन र यस्को खास नियम र पत्रकारिताको धर्म नछाडी साँचो पत्रकार बन्नलाई धेरै मेहेनत गर्नु पर्छ |तर आजभोली सबै अलपत्रे पत्रकार भए र पो पत्रकारिताको क्षेत्रमा अलिकति तुवाँलो लाग्न थालेको छ |तर पत्रकार अश्विनी दक्ष लेखक/साहित्यकार /कथाकारमापनि अनुवाद हुनु भएकोमा साधुबाद |

अश्विनी कोइरालाको जुकरबर्ग क्याफेभित्रको कथाको रस पिउँदा--आचार्य प्रभा



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक