Similar Articles

लेख रचना

अलिकति स्वास्थ्यको ख्याल गर्ने कि--डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ

बिराट नेपाल

अहिले मौसमी भाइरल फ्लुको संक्रमण निकै बढेको छ। रुघा, खोकी, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, सिंगान आइरहने, घाँटी दुख्ने, जाडो हुने, थकान महसुस हुने लगायतका लक्षणहरु अधिकांश व्यक्तिहरूमा देखिएको छ । बालबालिकाको रोग प्रतिरोध क्षमता कम हुने तथा स्कुलबाट धेरैमा फैलिने भएकोले बालबालिकाहरु धेरैमा यो समस्या देखिएको छ ।

उपचार तथा रोकथाम
- सकभर भिडभाड, धुलो, धुँवा लगायत प्रदूषण भएको ठाउँमा नजाने ।
- हुरी तथा वर्षा भएको बेला घरभित्र नै बस्ने !
- मास्कको प्रयोग गर्ने ।
- उमालेको तथा मनतातो पानी खाने !
- खाना / आँखा / मुख छुनु अघिं साबुनपानीले हात धुने ।

उपरोक्त लक्षण देखिएमा प्रशस्त मनतातो पानी खाने, घरेलु उपचार जस्तै अदुवा, मह, तुलसी, ज्वानो, बेसार, कागती आदि मिलाएर पकाएर बारम्बार पिउने, नुन पानीले कुल्ला गरिरहने, पोषिलो तथा मनतातो खाना खाने, आराम तथा सुत्ने समय बढाउने, धेरै गाह्रो भएमा लाक्षणिक उपचार जस्तै सिटामोल, एलर्जी तथा खोकीको औषधि खाने ।

- यदि ३ दिनसम्म ज्वरो आइरहेमा, सास फेर्न गाह्रो भएमा, टन्सिल धेरै बढेमा आफ्नो चिकित्सकसंग जाँच गराएर मात्र एन्टिबायोटिक लगायत उपचार गर्ने ।

.
.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक