Similar Articles

एनआरएनए आइसीसीको क्षेत्रीय संयोजक पदमा खरेलेको सम्भावना बलियो

बिराट नेपाल

काठमाडौँ । गैर आवासीय नेपाली (गैआने) सङ्घ, अन्र्तराष्ट्रिय समन्व्य परिषद्को उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा उम्मेद्वारी दिनुभएका रामचन्द्र खरेलको जित सन्निकट रहेको समन्वय परिषद् निकट पदाधिकारीहरुले दाबी ग्रेका छन् । 

विशेष गरी गैर आवासीय नेपालीहरूको हक अधिकारको संरक्षणका साथै आफ्नो मातृभूमि, भातृभाषा, संस्कृति लगायतको उत्थानमा खरेलले अतुलनीय योगदान पु¥याउनुभएकै कारण उहाँको जित लगभग निश्चित जस्तै बनेको बताइन्छ । नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने पवित्र नारासहित चुनवी मैदानमा होमिनुभएका खरेलको अहिलेसम्मको अभुनव, नेतृत्वदायी भूमिका तथा व्यक्तित्वसहितले समन्वय परिषद्को क्षेत्रीय संयोजक पदमा खरेलको पल्लभारी हुने सम्भावना बढेको हो । गैर आवासीय नेपाली सङ्घको मूल्य, मान्यता र गरिमालाई उच्चपार्ने काममा खरेलको योगदान लाई गैरवासीय नेपालीहरूले उच्च मूल्याङ्कन गर्दै आइरहेका छन् । 

उहाँमा निहित आत्मविश्वासका साथै खरेल स्वयम्ले कानुनलाई राम्ररी बुझेका कारण पनि यो पद उहाँको लागि उपयुक्त हुने चर्चा गैर आवासीय नेपालीबीच चल्न थालेका छन्  à¥¤ खरेल विगत ६ वर्षदेखि गैर आवासीय नेपाली सङ्घको अन्र्तराष्ट्रिय समन्व्य परिषद्को विधान समितिमा रहेर काम गर्दै आइरहनुभएको छ । यसरी क्रियाशील व्यक्तिलाई संस्थाको विधान, ऐन तथा नियामावलीहरुको बारेमा पूर्ण ज्ञान छ । यस का अलावा खरेलले परिषदको मिडिया कोअर्डिनेटरको जिम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गरिसक्नु भएको छ । 

अन्तरराष्ट्रिय समन्वय परिषद उत्तर अमेरिकाको सह संयोजक र केही महिना कार्यकारी संयोजक समेत रहेर काम गर्नुभएका खरेलसँग गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद बिच पुलको रूपमा काम गर्ने सक्ने विशेष क्षमता परिन रहेको छ । त्यसैले यसपटकको चुनावमा उहाँको विकल्प् नखोज्ने पक्षमै अधिकांश एनहारएनहरु रहेको बताइएन्छ । यद्यपि खरेलले आफू आन्तरिक रूपमा यो पदमा रहेर काम गर्न सक्ने क्षमता राखेकै कारण आफूलाई सहयोग गर्नका लागि सबैलाई आग्रह गर्नुभएको बताउनुभएको छ । 

आफूले उम्मेद्वारी दिएको पदमा रहेर जिम्मेवारी बहन गर्न पाएको खण्डमा आफूले संयोजकको काम र कर्तव्यमा एकरति पनि विचलित नभै सङ्घको उद्देश्य प्राप्तिका आफू निरन्तर रूपमा लाग्ने चुनावी प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक