Similar Articles

क्षेत्रीद्वारा एनआरएन डेको शुभकामना

बिराट नेपाल

सातौ गैर आवासीय नेपाली महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार खगेन्द्र क्षेत्रीले १३ औं एनआरएन दिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै समस्त एनआरएनलाई शुभकामना दिएका छन् ।

२००३ अक्टोबर ११ का दिन विश्वभरका एनआरएनहरुलाई गोलवद्ध गर्ने पवित्र उद्धेश्य लिएर गैर आवासीय नेपाली सङ्घको स्थापना भएको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्,‘ हाम्रा अग्रजहरुको अथक प्रयास र मेहनतले स्थापना भएको गैर आवासीय नेपाली सङ्घ अनेकौँ आरोह–अवरोह पार गर्दै १३औं वर्षमा प्रवेश गरेको छ ।’  

उसका लागि उनले एनआरएनलाई यहाँसम्म ल्याइपु¥याउन अथक योगदान दिने अग्रजहरुको अभिनन्दन गर्दै अगाडि भनेका छन्, ‘उहाँहरूको पदचाप पछ्याउँदै अघि बढ्न हामीलाई सबैलाई प्रेरणा मिलोस् ।’

नेपालीका लागि नेपाली भन्ने पवित्र भावना लिएर अघि बढेको एनआरएन अभियान संस्थागत हुँदै गैर आवासीय नागरिकता प्राप्तिको विन्दुसम्म आइपुगेको बताउँदै उनले वक्तव्यमा भनेका छन्, ‘ अझ हामीले त्यसलाई कानुन बनाएर संस्थागत गर्न र थप अधिकार प्राप्त गर्न अनवरत् लाग्नुपर्ने छ । यसका लागि हामीले एकले अर्काको अस्तित्व स्वीकार गर्दै अग्रजहरुको होस र युवाहरूको जोसलाई मिलाएर समावेशी नेतृत्व चयन गर्न आवश्यक छ । ’ 

सबैलाई समेटेर एनआरएनको मार्गचित्रलाई अगाडि बढाउन सक्षम नेतृत्व चयन गर्न सबैलाई शुभकामना दिदै उनले आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको पनि बताएका छन् । 

उनले आफ्नो उम्मेद्वारीको औचित्य पुष्टि गर्न सन् २०११ यता अमेरिका आइसीसी पदाधिकारीमा नरहेको,  à¤…मेरिका १०७७६ सदस्यसहित संसारकै सबैभन्दा धेरै सङ्ख्या भएको एनआरएन एनसीसी भएको र त्यो संस्थागत एवं सांगठनिक विकास मैरै अध्यक्षतामा भएको तथा संविधानमा व्यवस्था भएको गैर आवासीय नागरिकतालाई कानुन बनाउने क्रममा मेरो कानुनी पृष्ठभूमि र अनुभव सहयोगी हुने तर्क गरेका छन् । 

उनले आफूलाई पदका लागि पदभन्दा पनि काम गर्ने अवसरका लागि उम्मेदवारी दिएको बताउँदै त्यसका लागि अवसर दिएर परीक्षा लिन आग्रह पनि गरेका छन् ।  à¥¤  

क्षेत्रीद्वारा एनआरएन डेको शुभकामना


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक