Similar Articles

Community Issue ( समुदायिक सूचना )

एनआरएनलाइ जेल परिवारको चिठ्ठी, जेलबाट उद्धार गरिदिनुहोस

बिराट नेपाल

केबी गुरुङ, युएई/ वर्ष दिनको दसैँ फेरी फर्किएर आएको छ । गरिबहरुलाई दसैँ, दशा बनेर आएको छ, सत्ताका मालिकहरुलाई दसैँ, भाग्य विधाता बनेर आएको छ ! अँ साँच्ची यसपालिको दसैँ राजनीतिक व्यापारमा पनि धेरै फस्टाएको छ रे, हुनेखानेहरु लाई मन्त्रीपदको टिका थापेर आएको छ दसैँ, घाँटीमा फुलमाला पहिरिएर खुसीको बहार बनेर आएको छ दसैँ ! महल भित्र जितको उपहार छाएको छ दसैँ !

राजनीतिको व्यापार गर्नेहरु आफन्तलाई विदेशका आधुनिक स्कुलमा आधुनिक शिक्षा हाँसिल गराई रहेका छन्, विदेश पढ्न नपठाउनेहरु आफ्ना सन्तानहरु लाई राजधानीका आधुनिक तथा सुगम बोर्डिंगहरुमा पढाउदै छन् । क्रान्तिको जन्मभूमि रोल्पाका जौलिपोखरी स्कुलहरुमा जस्तै ६ महिनामा पहिलो पाठको पढाइ हुने स्कुल होइनन ती राजधानीका व्यवस्थित स्कुलहरु ।

दसैँ आउदै गर्दा धेरै प्रवासीहरु यसपालि पनि घर फर्किएका छैनन् ! दसैँ र तिहार बिहिन कैयौ बर्षहरु बिताई सकेका प्रवासीहरु विजय उत्सबको खुसीयाली मनाउने धोको अझै अधुरो छ ।

जेलमा बसेकाहरुको जिन्दगीका सपनाहरू पुरा हौउन वा नहुन, उनी बाँचुन वा मरुन, न्याय वा अन्याय सँग सरोकार रहेन सरोकारवालाहरु लाई, तर रेमिट्यान्सको आए स्रोतमा घाटा हुँदा, बरु उल्टै जेल जीवन बिताउनेहरु दुखी हुनु पर्नेछ, जेल जीवन भन्दा पनि नेताहरूलाई रेमिट्यान्समा आयम थप्न नपाएकोमा दुखी हुनु पर्नेछ, किन कि यसरि नै सरोकारवालाहरु लाई न्याय हुनेछ । काठमाण्डौमा रेमिट्यान्सको विरुद्ध काम गर्ने हुण्डी कारोबार वालाहरु लाई डण्डा ठटाएर कारबाही गरिन्छ, राष्ट्रघात भनिन्छ, तर तिनै रेमिट्यान्स भित्र्याउनेहरु जेलमा बर्षौ सम्म जिन्दगीलाई सडाएर बसेका छन्, उनको जीवनको कुनै भ्यालु छैन, एनि हाउ रेमिट्यान्स पाउ सँग भ्यालु छ ।

हाम्रो देशको राष्ट्रघात भनेको, कुर्सीमा बस्नेहरुलाई कमिसन आउने सिधा बाटो अवरोध हुँदा राष्ट्रघात हुनेछ । बर्षौ देखि भारत सँग राजनीति फिक्सिंग गर्दै आउदा रास्ट्रबाद हुनेछ, जीवन धान्नका लागि खेलाडीहरुले विदेशी सँग म्याच फिक्सिंग गर्दा रास्ट्रघात हुनेछ, आजको नेपाली राजनीति र सत्ताको राष्ट्रबाद र राष्ट्रघातको अर्थ यही हो ।

यहाँ नेताहरूलाई पाल्न रेमिट्यान्सलाई भरपुर सहयोग गर्न नसकेका नेपालीहरूको प्रसङ्गमा नै जाऊ । यसो भन्नु प्रदेसी र जेल जीवन बिताई रहेकाहरुको बाध्याता छ । हामी यो देशका नागरिक हौ हाम्रो रेमिट्यान्स देशका लागि हुनु पर्छ, तर रेमिट्यान्सबाट देशका लागि रकम दिए वाफत, राज्यले प्रबासिहरुका लागि के गर्न सकेको छ ? सवाल यहाँ नेर छ ।

आज प्रवासमा जेल जीवन बिताई रहेका आफन्तजनहरुले छोरोलाई खाडीको जेलबाट उद्धार गरी दिनुहोस भन्दै संस्थाहरुलाई पत्र कोर्न बाध्य छन् । विगत २ वर्ष देखि साउदी जेलमा रहेका रोल्पा जिनावांग ३ का गणेश ओली जेलबाट निकाल्न आग्रह गर्दैछन् । उनी भन्छन् आपत् र बिपत परेको बेला सहयोग गर्ने दूतावास होला भनेको होइन रहेछ, कति नै फोन गरे तर उठाउदैनन, खोइ के का लागि रहेछन् दूतावास ।

यो समस्या हरेक देशका रोजगारवाला नागरिकहरूले भोग्दै आएका छन् । प्रवासमा दूतावास केवल ढुंगे भगवान् जस्तै मुर्ति बनेर बसेका छन् । डुङ्गालाई जति पूजा गरे पनि आशीर्वाद कहिल्यै पाइने छैन, मनले चिताएको कहिल्यै हुनेछैन । त्यस्तै भएका छन् राजदूत र राजदुतावासहरु !

साउदी जेलमा रहेका गणेश सँगै गाउकै रमेश गुरुङ पनि जेलमा छन् । गणेश ओली लाई मैले फेसबुकमा सम्पर्क गरी जेल पर्नुको कारण सोधेको थिए । उनी भन्दै थिए, काठमाण्डौको सोसिल म्यानपावर बाट साउदी स्थित इनिसिएल ग्रुप कम्पनीमा आएका हौ, तर यो सप्लाई कम्पनी रहेछ । हामी गाडीबाट औषधिलाइ स्टोरमा लोड अनलोड गर्थेउ । एक दिन औषधि अनलोड गर्दा एकठाउको औषधि आर्कै स्टोरमा अनलोड भएछ, त्यस पछि हामीलाई चोरी गरेको आरोपमा कम्पनीले जेलमा हाल्यो ।

गल्ती नगरेर पनि जेलमा बस्नु परेको पिडा सुनाउदै भन्दै थिए, सानै देखि दुख भोग्दै आइयो अहिले निर्दोष हुँदा हुँदै पनि जेलमा सजाय भोग्नु पर्‍यो, सहायत भाग्यमा यही लेखेको थियो होला । यस्तै भन्दै गर्दा उनको गला अबरुद्द भएर रोइ रहेका थिए ।

मैले उनको पिडा माथि राज्यका ठेकेदारहरुलाई ढुङ्गा कुटी–कुटी गाली गर्नु शिवाय अरू के नै सहयोग गर्न सक्थे र ! बरु यिनैको रेमिट्यान्स खाएर बस्नेहरु लाई अचेल हाम्रा गालीहरु पनि आशीर्वादमा फेरिने गरेका छन् !

साथीभाईहरु प्रदेश पसेर धन कमाइ रहेको देख्दा उनलाई पनि धन कमाउने सपना जाग्यो । तर सबैका सपनाहरू पुरा हुँदैन रहेछन्, बरु ती सपनाहरुले जिन्दगीलाई जेलमा पुर्याएको छ । उनीहरूलाई थाहा छैन, आफ्नो सजाय कहिले सम्म हुने? कस्तो सजाय भोग्ने? त्यसमा पनि साउदीको कानुन ।

देशमा नयाँ संविधान आएको छ, जनताको संविधान भनिन्छ तर संविधानले यिनै जेल जीवन बिताइरहेका नागरिकहरुलाई मुक्ति दिने सूत्र कोरिएको छैन, बरु उल्टै सबै नेपालीहरूलाई विदेशमा रोजगारको अवसर दिने सपना कोरिएका होलान्, देशको नयाँ संविधानमा ! मालिकहरुका लागि नयाँ संविधान दसैँ बनेर आएको छ, अनि दीपावली बाल्दै छन्, गरिबको छोरो प्रवासको जेलमा रुँदै बसिरहेको छ, उनका घर परिवारहरुमा असीम पीडाको सीमा छैन । सहायत यिनै प्रवासमा जेल जीवन बिताइरहेका आफन्तहरु पिडामा मानसिक रोगि बन्दै छन् !

राज्यको कानुन बलियो नहुँदा, प्रवासमा हाम्रो हित र संरक्षणका लागि एउटा एनआरएन संस्था संसार भरि हक र अधिकार खोज्दै हिडी रहेको छ । केही नेपालीलाई उद्धार पनि गरेको छ, विदेशको जेलमा अनिश खालिङहरु लाई मृत्युको मुखबाट बचाएर ल्याउने एनआरएन संस्था हो । र भर्खरै एनआरएन संस्था युएईले, युएईमा रहेका जेलरहरुको उद्धारका लागि पहल गर्दैछ, यो अत्यन्त सकारात्मक र खुसीको कुरा हो, जसले यिनै नागरिकहरुको मनमा केही खुसी भरिदिएको छ ।

त्यस्तै विभिन्न देशमा रहेका एनआरएन संस्थाले पनि त्यस देशमा रहेका जेलरहरुको मुद्दालाई प्राथामिकतामा राखेर उद्धार कार्यमा लागेमा मजदुरका लागि एनआरएन भगवान् साबित हुनेछ । अतः साउदी स्थित रहेको एनआरएन संस्थालाई जेल परिवारबाट उद्धारका लागि पत्रचार पनि गरेका छन्, आशा छ, उनीहरू जेल जीवनबाट मुक्त हुनेछन वा उनीहरूको अवस्था र सजाय बारे कमसेकम जान्ने अवसर पाउने छौ, गणेश र रमेश जस्ता जेलरहरु मात्र नभएर, सम्पूर्ण बन्दीहरुको जीवनमा सुनौलो बिहानी आउने छ !

जेल परिवारको तर्फबाट लेखिएको पत्रको पूर्णपाठ !


गैर आवासीय नेपाली सङ्घ साउदी अरब
सम्मानीय संस्था प्रमुख तथा संयोजक ज्यु नमस्कार !

वर्ष दिन पछि आएको पर्व दसैँ र तिहारका खुसिहरुलाइ थाँती राखेर, सहयोगको भिख माग्दै यो पत्र कोर्दैछौ ! साउदीमा रहेका प्रवासीहरुको हक हित र संरक्षणका लागि निर्मित एनआरएन संस्था रहेको भन्ने खबरले, मरी रहेका आशाहरुलाई जगाउदै, जेल जीवन बिताइरहेका परिवारको तर्फ बाट सानो पत्र कोर्दैछौ ! संस्था समक्ष पुग्ने छ भन्ने आशा गरेका छौ !

विगत २ वर्ष (८ सेप्तेम्बेर २०१३) देखि चोरी आरोपमा हाम्रा आफन्तहरु गणेश ओली र रमेश गुरुङ साउदीको जेलमा बसी रहेका छन् ! उनीहरूलाई लाई उद्धार गर्न पहल गरिदिनु हुन्, गैर आवासीय नेपाली सङ्घ साउदीलाइ हार्दिक अनुरोध गर्दछौ !

हामी गरिबहरू राज्यलाई कहिल्यै दोष दिएनौ, दोष दियौ त केवल आफनै भाग्य र कर्मलाई दियौ ! सहायत हाम्रो पीडालाई राज्यले बोध गर्ने भए, हामीहरू यसरि प्रवासको संस्थालाई भिख माग्दै पत्र कोर्नु पर्ने थिएन ! विश्व भरि रहेका प्रबासिहरुको हित र अधिकारका लागि एनआरएन संस्था रहेको कुराले हामी खुसी पनि छौ ! यही संस्थाले अनिश खालींग राइहरु लाई मृत्युको सजाए बाट उद्धार गरेर, नयाँ जीवन दिएको कुरा सुन्दा अत्यन्त हर्सित पनि छौ !

अन्तमा दुखिहरुको दुख नहुने दुनियाँ कहाँ होला र ? तर दुखका घाउहरुमा मलम पट्टि लगाउदै दुखलाई पार लगाउने दुनियाँ पनि रहेछ ! त्यही एउटा दुनियाँमा गैर आवासीय नेपाली सङ्घ दुखिहरुको ऊर्जा बनेर संसार भर हिडीरहेको रहेछ ! सहयोगको पूर्ण आशामा छौ !

उही जेल परिवार तथा आफन्तहरु
धन्यवाद !

खोज तलासका लागि विवरण:-
नाम :- गणेश ओली (ID # 2325887111) र रमेश कुमार गुरुङ (ID # 2325884332)
ठेगाना :- रोल्पा जिल्ला जिनावांग ३
म्यानपावर:- सोसियल म्यानपावर काठमाण्डौ ( सञ्चालक भरत श्रेष्ठ)
जेल परेको मिति : ८ सेप्टेम्बर २०१३
कम्पनी नाम : Initial Group Company (इनिसियल ग्रुप कम्पनी)
कामगर्ने स्टोरको नाम : -Abdurahman Al Gosaive
कम्पनीका व्यक्तिहरूको सम्पर्क: Mr. Niaz Hussain -(Mobile no. 0555809310), Mr. Yaqoub -(Mobile no. 0558255333), Mr. Kamal bakhscch- (Mobile no. 0558820830).
जेल ठेगाना :- जेद्दा साउदी अरब

साभार: सुनौलोनेपाल

.
.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक