Similar Articles

प्रेस बिज्ञप्ती

अमेरिकी दूतावास भन्छ, नेपालमा मानवीय संकट पैदा हुने खतरा

बिराट नेपाल

काठमान्डु स्थित अमेरिकी दूतावासले नेपाल–भारतमा पैदा भएको राजनीतिक समस्याका कारण सृजना भएको इन्धन लगायत औषधि र खाद्यान्नको अभावले गम्भिर मानवीय संकट पैदा हुनसक्ने भन्दै गहिरो चासो व्यक्त गरेको छ ।

नेपाल-भारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । यस्तो अवस्थाको परिणामस्वरूप वैशाखको विनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्रहरूमा लगायत इन्धन, औषधि र खाद्य पदार्थको गम्भीर अभाव सिर्जना भएको छ ।

हिउँद सुरु हुन केही साता मात्र बाँकी रहेको यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायहरूमा महत्त्वपूर्ण राहत तथा आवास सामग्रीहरू पुर्‍याउन सकिरहेको छैन । जनजीवन जोखिममा रहेको छ र यस कारण मानवीय सङ्कट आउने हो कि भन्ने हामीलाई चिन्ता छ । यस सङ्कटलाई समाधान गर्नका लागि संलग्न सबैलाई आफ्ना प्रयत्‍नहरू पुन: दोब्बर बनाउन संयुक्त राज्य अमेरिका आह्वान गर्दछ । सबै नेपालीका आकांक्षाहरूलाई संविधानले समेटोस् भनी सुनिश्‍चित गर्नका लागि अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नु पर्दछ ।

नेपाली जनता र नेपाल सरकार आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनर्निर्माणमा जुटेको यस घडीमा संयुक्त राज्य अमेरिका उनीहरूलाई सहयोग गर्न तयार रहेको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक