Similar Articles

प्रेस बिज्ञप्ती

भारतले गरेको नाकाबन्दी सम्बन्धी: आनन्द विष्ट, अध्यक्ष-नेपाली जन सम्पर्क समिति,अमेरिकाको प्रेस वक्तव्य

बिराट नेपाल

मिति: नोभेम्बर २०, २०१५ |

प्रेस वक्तव्य

नेपाल र भारतबीचको सदियौं पुरानो दौत्य सम्बन्धमा हाल देखिएको तनावको अवस्थाप्रति चिन्ता व्यक्त गर्दछौँ | दुवै देशले कुटनीतिक रूपमा यस्तो किसिमको तनाव अन्त्य गर्न ठोस पहल गर्नेछन् भन्ने हाम्रो अपेक्षा थियो | तर यति लामो समयसम्म पनि भारतले समस्या समाधानमा तदारुकता नदेखाएकोप्रति हामी अत्यन्त गम्भीर भएका छौँ | साथै नेपाल सरकार समेत यस विषयमा संवेदनशील बन्न नसकेको नेपाली जन सम्पर्क समिति,अमेरिकाको ठहर छ | यो स्थितिलाई थप खराब बन्न नदिन सरकारले तत्काल कुटनीतिक एवं अन्य सबैखाले अग्रता लिओस् भन्ने हामी ध्यानाकर्षण गराउन चाहन्छौँ |

दुई देश बिचको संवेदनशीलतालाई कुटनीतिक तहबाटै समाधान गरिनु पर्नेमा खुला सिमाना र अन्य अन्योन्याश्रित सम्बन्धहरुलाई समेत बेवास्ता गर्दै भारतले नेपाली जनतालाई दु:ख दिने नियतले जारी राखेको अघोषित नाकाबन्दीको समिति कडा निन्दा गर्दछ | दुई देश बिचको बहुआयामिक सम्बन्धहरुलाई थप बिग्रन नदिन विद्यमान अघोषित नाकाबन्दी तत्काल फिर्ता लिन हामी भारत सरकार समक्ष अनुरोध गर्दछौँ |

नेपालमा मानवीय सङ्कट सिर्जना गराएर भारतले भू-परिवेष्ठित मुलुकले प्राप्त गर्ने पारवहन सुविधा सम्बन्धी अन्तरार्ष्ट्रिय कानुनको समेत बर्खीलाप गरेको छ | हामी यसै विज्ञप्ति मार्फत प्रस्ट भन्छौं,- स्वाधीन,सार्वभौम र स्वतन्त्र नेपाल राष्ट्रका विरुद्ध हुने यस किसिमको हस्तक्षेप कुनै पनि स्वाभिमानी नेपालीका लागि कदापि स्वीकार्य छैन,हुने छैन | हामी यस किसिमको सबैखाले हस्तक्षेपको कडा निन्दा गर्दछौँ |

अन्तरार्ष्ट्रिय कानुन,सन्धी र सम्बन्धलाई समेत बेवास्ता गर्दै भारतले नेपालका विरुद्ध गरेको यो नाकाबन्दीको विरोधमा नेपाली जन सम्पर्क समिति,अमेरिका विभिन्न पेसा,व्यवसाय गरी विश्वभर छरिएर रहनु भएका सबै नेपालीलाई एकजुट भै ऐक्यवद्धता जाहेर गर्न अपिल गर्दछ | 
हामी नेपाली जन सम्पर्क समिति,अमेरिकाका सबै सदस्य,शुभ चिन्तकहरु अमेरिकामा हुने भारतीय हस्तक्षेपको विरोध प्रदर्शनमा सहभागी हुँदै यो अमानवीय नाकाबन्दीको विरोधमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सक्रिय रूपमा लाग्न सबै समुदायका सदस्यहरूलाई यसै विज्ञप्ति मार्फत अपिल गर्दछौँ |

साथै मुलुकभित्र मधेसी एवं अन्य समुदायले उठाएका माग र एजेन्डा समाधानका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई विश्वासमा लिएर अघि बढ्नु पर्छ | यसका लागि सरकारले लचिलो भएर पहल गरोस् भन्ने आग्रह गर्दछौँ | आन्तरिक असमझदारीलाई आपसमै समाधान गरौँ बाह्य शक्तिलाई चलखेल गर्न नदिऔं |
जय नेपाल |

आनन्द विष्ट
अध्यक्ष,नेपाली जन सम्पर्क समिति,अमेरिका
एवं परिवार |


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक