Similar Articles

NEPAL AAMA | New Nepali Patriotic Song by Lakpa Yak & Razz EyE

बिराट नेपाल

NEPAL AAMA | New Nepali Patriotic Song by Lakpa Yak & Razz EyE
यतिखेर नाकाबन्दीका कारण नेपालमा आमनागरिकलाई दैनिक गुजारा गर्न गाह्रो परिरहेको छ । भूकम्पको विध्वंसबाट तंग्रिन नपाउँदै मधेस आन्दोलन र अत्यावश्यकीय सामग्रीको आपुर्ति समस्याले देशलाई कठिन मोडमा पुर्याएको छ । यसको प्रत्यक्ष असर स्वदेशमा रहेका जनतामा परेको छ । यद्यपि, विदेशमा रहेका नेपाललाई माया गर्ने नेपाली पनि चैनले बस्न, सुत्न सकेका छैनन् । नेपालीले भोगिरहेको समस्याले उनीहरूको मनमा पीडा परेको छ । त्यो पीडा सबैले व्यक्त गर्न सकिरहेका छैनन् । विदेशमा रहेका नेपालीको प्रतिनिधि आवाजलाई दुई युवाले गीतमार्फत व्यक्त गरेका छन् ।

अमेरिका र अष्ट्रेलिया पुगेका दुई युवाले आफ्नो दुखेको देशलाई भर्खरै गीत मार्फत सम्झिएका छन् । अष्ट्रेलियामा बस्दै आएका नेत्र सापकोटा (राज आई) र अमेरिकामा बस्दै आएका लाक्पा शेर्पा (लाक्पा याक) ले गीतमार्फत देशलाई सम्झिएका हुन् । नेपाल आमाको मुहारमा देखिएको कालो छाँया हटाउनका लागि नेपाली नै जाग्नु पर्नेमा जोड दिँदै उनीहरूले देश बनाउँछु भन्नेहरु नै आतङ्क फैलाउन उद्धत रहेको सन्देश दिएका छन् ।
बन्द, हड्ताल, आन्दोलनमा विद्यार्थी सहभागी हुने, जनताको सुरक्षाका लागि खटिएका प्रहरीसँग हुने द्धन्द्धप्रति पनि उनीहरूले दुख व्यक्त गरेका छन् । सन् २०१५ नेपालका लागि पीडादायी भएको सम्झना गर्दै उनीहरूले नयाँ पुस्ताले नै अब देशको विकास गर्नु पर्नेमा गीतमार्फत आग्रह गरेका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक