Similar Articles

कोलोराडोमा साहित्यिक गोष्ठी सम्पन्न

बिराट नेपाल

नातिबाबु  à¤­à¤Ÿà¥à¤Ÿ, कोलोराडो, अमेरिका--अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आइतबार कोलोराडोको वेस्टमिनिस्टरमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो । रकि माउन्टेण्ट फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यको आतिथ्यतामा उनको घरमा सम्पन्न साहित्यिक गोष्ठीमा नेपालबाट कवयत्री मंन्दिरा मधुश्री कोइरालाले पठाएकी कविता वाचन गरी गोष्ठिको सुरुआत गरिएको थियो । उक्त साहित्यिक गोष्ठिमा १५ जना कवि, कवयत्री तथा सर्जकहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए । 

यसरी कविता वाचन गर्नेहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, नेपालबाट कोलोराडो घुम्न आएका कवि पुष्पराज पौडेल, कवि देव भट्टराई, भोला सिवाकोटी, भुपेन्द्र महत, बासु खनाल, यशोदा भट्ट लगायतका कवि कवयत्री रहेका थिए ।

गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा मातृ भूमि नेपालको वर्तमान अवस्था र अमेरिकामा नेपालीहरूको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजीमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहाँ प्रस्ट देख्न सकिन्थ्यो । 

कार्यक्रममा पुराना कवि कवयत्रीहरुको कृति वाचन गर्ने क्रममा राष्ट्रकवि माधव घिमिरेको कृित गौरी खण्डकाव्यबाट “मेरी लच्छिनकी जहान” भन्ने शीर्षकको कविता देव भट्टराईले सुरिलो छन्दमा प्रस्तुत गर्दा सबैका आँखा रसाएका थिए । त्यस्तै वसन्त लम्सालको राष्ट्रिय गीत, भुपेन्द्र महतको गजल र वासुदेव खनालको कविताको सहभागी सबैले खुलेर प्रशंसा गरेका थिए ।  

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा भोला सिवाकोटी (पुरानाघरे) को प्रस्तुतिमा सम्पन्न साहित्यिक गोष्ठीमा प्रस्तुत गीत लगातयतका श्रृजनाको प्रस्तुतिले चट्नीको काम गरेको थियो । 

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७२ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिनाको अन्तिम आइतबार कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

अनेसास कोलोराडो च्याप्टरको आयोजनामा डिसेम्बर २०१५ को मासिक साहित्यिक कार्यक्रम । फोटो: शैलेश पोखरेल

अनेसास कोलोराडो च्याप्टरको आयोजनामा डिसेम्बर २०१५ को मासिक साहित्यिक कार्यक्रम सम्पन्न । फोटो: शैलेश पोखरेल

अनेसास कोलोराडो च्याप्टरको आयोजनामा डिसेम्बर २०१५ को मासिक साहित्यिक कार्यक्रम। फोटो: शैलेश पोखरेल
अनेसास कोलोराडो च्याप्टरको आयोजनामा डिसेम्बर २०१५ को मासिक साहित्यिक कार्यक्रम । फोटो: शैलेश पोखरेल
अनेसास कोलोराडो च्याप्टरको आयोजनामा डिसेम्बर २०१५ को मासिक साहित्यिक कार्यक्रम । फोटो: शैलेश पोखरेल
अनेसास कोलोराडो च्याप्टरको आयोजनामा डिसेम्बर २०१५ को मासिक साहित्यिक कार्यक्रम । फोटो: शैलेश पोखरेल
अनेसास कोलोराडो च्याप्टरको आयोजनामा डिसेम्बर २०१५ को मासिक साहित्यिक कार्यक्रम । फोटो: शैलेश पोखरेल

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक