Similar Articles

कोलोराडोमा ब्रह्माण्ड इन्टरटेन्टमेन्टको बिधिबत सुरुवात (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता कोलोराडो, अमेरिकाको कोलोराडोमा नेपाली कला गीत सङ्गीत आदिलाई प्रचार प्रसारमा योगदान पुर्‍याउने उद्देश्य लिएर ब्रह्माण्ड इन्टरटेन्टमेन्टको स्थापना भएको छ । पूर्व मिस नेपाल इशानी श्रेष्ठ निर्देशक र कलाकार तथा व्यवसायी बि. के. श्रेष्ठ संस्थापक रहेको उक्त ब्रमान्ड इन्टरटेन्टमेन्टले एक कार्यक्रमको आयोजना गरी बिधिबत रूपमा जनवरी १०, २०१६ देखी सन्चालनमा आएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरूको कलाकारितालाई प्रोत्साहान गर्ने, म्युजिक भिडियो लगयात क्रमिक रूपमा नेपाली चलचित्र समेत निर्माण गर्ने सोच रहेको कुरा संस्थापक श्रेष्ठले बिआरटी नेपाललाई जानकारी दिए । 

दिनेश कुमार कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा बि के श्रेष्ठद्वारा अभिनित तथा रसोज श्रेष्ठद्वारा निर्देशित "लाखौँ आँखा आकाशका" बोलको गीतमा गरेको म्युजिक भिडियोको पहिलो प्रर्दशन गरिएको थियो । किरण प्रधानको स्वर, चेतन कार्कीको रचना र गोपाल योन्जनको सङ्गीतमा रहेको माया प्रीति चलचित्रको गीतलाई नयाँ ढाँचामा छायान्कन गरिएको उक्त म्युजिक भिडियोमा बि के श्रेष्ठको अभिनयलाई दर्शकले रुचाएका थिए । विभिन्न व्यक्तित्वलाई खादा ओढाइ सम्मान समेत गरिएको उक्त कार्यक्रममा नव गायक दीपेन्द्र श्रेष्ठ तथा गायक सरोज दत्तको गायनलाई पनि दर्शकले मन पराएका थिए ।

पूर्व मिस नेपालले अभिनयको लागि कुनै उमेर छेकबार नहुने, आफ्नो इच्छालाई दबाउनु भन्दा समय मैत्री भएर परम्परागत सोचलाई हटाएर अघि बढनु पर्ने धारणा व्यक्त गरेकी थिइन । साथै उनले  à¤›à¥‹à¤Ÿà¥‹ समयको सुचनामा पनि उल्लेखनीय उपस्थितिको लागि सबैलाई धन्यवाद दिएकी थिइन । बि के श्रेष्ठ, भेनस श्रेष्ठ र सुनिता थापा अभिनित तुलसी घिमिरेले निर्देशन गरेको म्युजिक भिडियो तथा विजय अधिकारी तथा रिचा शर्माद्वारा अभिनित भिडियोको प्रमो समेत देखाइेएको उक्त कार्यक्रममा हलिवूडबाट आएका कलाकार तथा निर्देशक जसवन्त श्रेष्ठको पनि उपस्थिति थियो । 

कोलोराडोमा ब्रह्माण्ड इन्टरटेन्टमेन्टको बिधिबत सुरुवात
कोलोराडोमा ब्रह्माण्ड इन्टरटेन्टमेन्टको बिधिबत सुरुवात
कोलोराडोमा ब्रह्माण्ड इन्टरटेन्टमेन्टको बिधिबत सुरुवात
कोलोराडोमा ब्रह्माण्ड इन्टरटेन्टमेन्टको बिधिबत सुरुवात
कोलोराडोमा ब्रह्माण्ड इन्टरटेन्टमेन्टको बिधिबत सुरुवात
BE


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक