Similar Articles

Community Issue ( समुदायिक सूचना )

निश्चित श्रेष्ठको लागि आर्थिक सहयोगको लागि विशेष अपिल

बिराट नेपाल

ललितपुर उप महानगर पालिका वडा न ४ बागडोल घर भएका निश्चित श्रेष्ठ हाल अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरको जन हप्किन्स अस्पतालमा उपचारार्थ भर्ना भएका छन् l अमेरिकाको भर्जिनिया राज्यको माउन्टेन स्टेट विश्व विद्यालयबाट स्नातक भई जागिरको सिलसिलामा सिकागो राज्यबाट फर्किदा फ्रेड़ेरिक् मेरिल्याण्ड राज्यमा साथीसँग भेट्न जाँदा अचानक टाउको दुखेकोले फ्रेडेरिक अस्पतालमा जचाउन जाँदा ब्रेन ट्युमर भएकोले तुरुन्तै सल्यक्रिया गर्नु परेको थियो l

सल्यक्रिया भएता पनि पुन समस्या देखा परेकोले फेरी २- ३ पटक सल्यक्रिया गर्नु पर्ने भएकोले सल्यक्रिया सकेर पुनर्सुधार(रिहाब )मा बसेको बेला अचानक पुन सल्यक्रिया गर्नु परेकोले जन हप्किन्स अस्पतालमा भर्ना भई उपचार गराई रहेका छन् l बिरामी निश्चित श्रेष्ठको आमा भूमा कुमारी भण्डारी तथा बहिनी नयना श्रेष्ठ नेपालबाट गत २०१५ को अक्टोबरमा आउनु भई रेखदेख गर्दै हुनु हुन्छ l पटक पटकको सल्यक्रिया तथा अन्य विविध खर्च धेरै भएकोले अरू थप खर्च धान्न नसक्नु हुने भएकोले गर्दा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट आर्थिक सहयोगको अपेक्षा गरिएको छ l यस्तो विषम परिस्थितिमा तपाईँ हामीले कति सहयोग गर्न सकिन्छ ? यसको साथै गो फर फन्ड  à¤®à¤¾à¤°à¥à¤«à¤¤ पनि आर्थिक सहयोग गर्न सक्नु हुनेछ l


https://www.gofundme.com/nischeet


अन्य जानकारी तथा सहयोगको लागि तलको व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नु हुनेछ l

भूमा भण्डारी -आमा -२४०-५०६-०५६६
नयना श्रेष्ठ -बहिनी -२४०-४०९-६७८०
मिलन राई – ४४३-९३९-६०६४
केमिका भण्डारी -४१०-२९९-१२९९
सीता पाण्डे -६४६-७०२-४४९४
प्रकाश नेपाल -७०३-८६४-४१४१
बिनय अर्याल – ७०३-८५५-८५८१
हरि पुडासैनी -५७१-२१५-२४२२


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक