Similar Articles

नेपाल १७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा, ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी

बिराट नेपाल

काठमाडौँ, ५ माघ । माल्दिभ्सलाई ४-१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए । नेपालका लागि खेलको ३१ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे । विमल घर्तीमगरले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्र्केपछि त्यसलाई नवयुगले गोलमा परिणत गरेका थिए । त्यस्तै, ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए भने नवयुगले नै ६२ औँ र ९० औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे । माल्दिभ्सका लागि ना सिद अहमदले खेलको ७५ औं मिनेटमा एक गोल फर्काएका थिए । नेपालले अब फाइनलमा बहराइनको यु–२३ टिमसँग माघ ८ गते शुक्रबार प्रतिष्पर्धा गर्नेछ । खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । जितसँगै नेपाल १७ वर्षपछि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा प्रवेश गरेको हो । 

सन् १९९९ पछि नेपाल कुनै पनि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा नपुगेको एन्फाले जनाएको छ । एन्फाका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालकातर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी भएका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए । विश्व फुटबलको बरियतामा माल्दिभ्स दक्षिण एसियाको शीर्ष स्थानमा रहँदै १३१ र नेपाल दक्षिण एसियाको पुछारमा १८६ औं स्थानमा छ । यसअघि, समूहचरणको पहिलो, दोस्रो र तेस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी, श्रीलङ्कालाई १–० ले पराजित र बङ्लादेशसँग पनि बराबरी खेलेको थियो । प्रतियोगिताको समूह ‘बी’ मा सबैभन्दा राम्रो खेलेको माल्दिभ्सले तीन खेलबाट सात अङ्क बनाउँदै समूहको शीर्ष स्थानका साथ सेमिफाइनल प्रवेश गरेको थियो । सन् १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुदमा अन्तिम पटक माल्दिभ्सलाई हराएको थियो । त्यसयता प्रत्येक पल्ट नेपालमाथि माल्दिभ्स हावी हुँदै आएको थियो । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक