Similar Articles

नेपाल बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल

बिराट नेपाल

बहराइन ३-० गोलले पराजित
नेपालले २३ वर्ष लामो प्रतीक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ । बङ्गलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । 

नेपाललाई उपाधि दिलाने क्रममा बिमल घर्तीले पहिलो हाफको पाँचौ मिनेटमै पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । सुरुबाटै आक्रमक खेलेको नेपालले दोस्रो हाफमा पनि त्यसलाई जारी राख्यो । नेपालका लागि खेलको ८७ अाै‌‌ मिनेटमा विशाल राईले अर्को गोल थपे । 

दुई गोल गरेको पाँच मिनेट नबित्दै खेलको निर्धारित समयको अन्तिम मिनेटम माल्दिभ्सविरुद्द्धको खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थप्दै नेपाललाई शानदार जित दिलाए । नेपालका लागि बिराज महर्जनले दिएको क्रसलाई अन्जन विष्टले गरेको हेडबल डिबक्समा अल्मलिएको अवस्थामा बिमलले पाँचौ मिनेटमा गोल गर्दै खाता खोले । 
 
सुरुबाटै आक्रमक खेलेको नेपालका लागि बिमलले बहराइनको डिबक्समा अल्मलिएको बललाई सदुपयोग गर्दै जाली चुमाएपछि नेपालको २३ वर्षदेखिको उपाधिको खडेरी टर्ने देखिएको थियो । नेपाली टिमलाई उपाधि जिताउनका लागि किपर विकेश कोथु नायक साबित भए । उनले बहराइनका हरेक डरलाग्दा प्रहारलाई प्रत्येक पल्ट विफल बनाए । 

नेपालमा खुसीयाली ल्याउने क्रममा खेलको ८७ अाै‌ मिनेटमा डिबक्स नजिकै बहराइनका खेलाडीबाट खोसेर अन्जन विष्टले मिलाइदिएको उत्कृष्ट पासमा विशाल राईले जाली चुमाए । त्यसअघि नै नेपालका सुमन लामा र बहराइनका अलि थह्वानी रेडकार्ड पाउँदै मैदान छाडेका थिए । दोस्रो गोल गरेपछि झनै आक्रमक बनेको नेपालले अन्तिम समयसम्म बहराइनको पोस्टमा चार्ज गरिरह्यो । 

निर्धारित समयको अन्तिम ९० अाै‌ मिनेटमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थपे । यो पटक पहिलो गोल गरेका विमल घर्ती मगरले मिलाइदिएको क्रस पासमा प्रतियोगिताकै सर्वाधिक चार गोल गरेका नवयुगले बहराइनविरुद्ध तेस्रो गोल गरे भन्ने समाचार अन्नपूर्णपोस्टमा छापिएको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक