Similar Articles

विश्वकप क्रिकेट: नेपालले न्युजिल्यान्डको सामना गर्ने

बिराट नेपाल

काठमाडौँ, माघ १३ गते । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि बङ्गलादेशमा सुरु भएको छ ।

नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा परेको छ । समूह ‘डी’मा भारत, आयरल्याण्ड र न्युजिल्यान्ड छन् ।

त्यस्तै समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, स्कटल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘बि’मा अफगानिस्तान, क्यानडा, पाकिस्तान र श्रीलङ्का छन् । समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, फिजी, वेष्ट इन्डिज र जिम्बावे छन् ।

प्रत्येक दुई÷दुई वर्षमा हुने विश्वकपमा नेपालको यो साताँै सहभागिता हो । नेपालले यसअघि सन् २०००, २००२, २००४, २००६, २००८ र २०१२ को विश्वकपमा सहभागिता जनाइसकेको छ । त्यस्तै, सन् २०१० र २०१४ को विश्वकपमा भने नेपाली युवा टोली छनोट हुन सकेका थिएन । नेपालसँग पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावे र बङ्गलादेशलाई पराजित गरेको इतिहास छ ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भोलि बिहीबार न्युजिल्यान्डको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । बङ्गलादेशको खान साहेब ओसमान अलि रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजय लक्ष्यका साथ न्युजिल्यान्डको सामना गर्नेछ ।

यसअघि, सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । त्यसैगरी नेपालले दोस्रो खेलमा शनिवार आयरल्यान्डसँग र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् ।

विश्वकपमा सहभागी हुन नेपाली टोली यही माघ ६ गते नै बङ्गलादेश प्रस्थान गरेको थियो । उक्त प्रतियोगिताको तयारीमा रहेको नेपालले यही माघ ९ र ११ गते श्रीलङ्का र पाकिस्तानसँग अभ्यास खेल खेलको थियो ।

नेपाली टोलीमा राजु रिजालले कप्तानको भूमिका निर्वाह गरेका छन् भने अरिफ शेख उपकप्तान छन् । त्यसैगरी, दिपेन्द्र ऐरी, सुशील कँडेल, सुनिल धमला, सन्दिप सुनार, सौरभ खनाल, प्रेम तामाङ, दिपेश श्रेष्ठ, राजवीर सिंह, इशान पाण्डे, योगेन्द्र कार्की, सन्दिप लामिछाने, हिमांशु दत्त, र शङ्कर राना छन् । वैकल्पिक खेलाडीमा भने इर्साद अहमद, नन्दन यादव, ललितनारायण राजवंशी र कुशल भुर्तेल छन् । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक