Similar Articles

नेपाल भारतसँग पराजित

बिराट नेपाल

काठमाडौँ, माघ १८ गते। उन्नाइस वर्षमुनि ९यु–१९० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै समूह ‘डि’ को उपविजेताका रूपमा क्वार्टरफाइनमा प्रवेश गरेको छ ।

बङ्गलादेशस्थितको राजधानी ढाकास्थित शेर ए बङ्गला राष्ट्रिय रङ्गशालामा समूह चरणको अन्तिमा खेलमा नेपाल भारतसँग आज सात विकेटले पराजित भयो ।

त्यस्तै जारी प्रतियोगितामा भारत ६ अङ्क जोड्दै विजेताका रूपमा फाइनल प्रवेश गरेको छ । नेपाल भने ४ अङ्कका साथ उपविजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सोह्र वर्षको अन्तरालमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेलै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको भारतले नेपालले दिएको १७० रनको चुनौतीलाई खेलको १८ दशमवल १ ओभरमा नै पूरा ग¥यो । भारतले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाउँदै नेपालको चुनौतीलाई पार गरेको हो । त्यस्तै नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाउँदै १६९ रन जोडेको थियो ।

भारतको जितमा रिशव पन्तले ७८ रनको योगदान दिए । चौबिस बल खेलेका पन्तले पाँच छक्का र नौ चौकाको मद्दतमा ७८ रन जोडेका हुन् । त्यस्तै इशान किसानले ५२ तथा सर्फराज खानले २१ रन जोडे । नेपालको लागि प्रेम तामाङले दुई विकेट लिए भने सन्दिप लामिछानेले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दिप सुनारले सर्वाधिक ३७ रनको योगदान दिए । त्यस्तै राजविर सिंहले ३५, आरिफ शेखले २६, योगेन्द्र सिंह कार्कीले ७, राजु रिजालले ६ तथा दिपेन्द्र सिंह ऐरीले १ रन जोडेका थिए ।

नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्ड विरुद्वको खेलमा आठ विकेटको जित हासिल गरेको थियो ।

त्यस्तै, भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेल न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो । नेपालले अब समूह ‘ए’ को विजेता टोलीसँग खेल्नेछ । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक