Similar Articles

नेपाल करातेमा बन्यो टिम च्याम्पियन

बिराट नेपाल

काठमाडौँ,  à¤‡à¤¨à¥à¤¡à¥‹â€“नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल ‘टिम च्याम्पियन’ बनेको छ । भारतको महाराष्ट्रमा आज सम्पन्न प्रतियोगितामा नेपालले १८ स्वर्ण, आठ रजत र एक काँस्य जित्दै ‘टिम च्याम्पियन’को उपाधि जितेको हो । उपाधिसँगै नेपालले रु ११ हजार भारतीय नगद पुरस्कार प्राप्त गरेको टोलीका व्यवस्थापक विजय खड्काले जानकारी दिनुभयो । 

पुरुषमा विकास राजबहाक, सन्तोष श्रेष्ठ, अनिश लामिछाने र मिगिन आलेले नेपाललाई दोहोरो स्वर्ण दिलाए भने ध्रुव थापा, अङ्कित गुरुङ, अनिल उपरकोटी र विजय महर्जनले एक–एक स्वर्ण जिते । त्यस्तै, महिलामा वर्षा बुढामगर, शान्ता श्रेष्ठ र विनिता चापागाईंले समान दुई–दुई स्वर्ण हात पारे । प्रतियोगितामा नेपालका रामबहादुर लामा, निरज महर्जन र बाडेकुमार राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै, नेपाली टोलीको ‘अफिसियल’मा कमल बस्नेत छन् भने मणिकृष्ण न्यौपानेले प्रशिक्षकको जिम्मेवारी पाएका थिए । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक