Similar Articles

पर्वतारोही तथा समाजसेवी पासाङ्गलाई कोलोराडोमा सम्मान गरिने

बिराट नेपाल

नातिबाबु भट्ट, फ्रेबुअरी १० , २०१६ कोलोराडो
नेसनल ज्योग्राफीले प्रदानगर्ने “पिपुल्स च्वाईस एडभेन्चरर् अफ द एयर २०१६” जित्न सफल साहसिक पर्वतारोही तथा समाजसेवी पासाङ्गल्हामु शेर्पा अकितालाई कोलोराडोमा सम्मान गरिने भएको छ । उहाँको साहसिक क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको भन्दै कोलोराडोमा सक्रिय नेपालीहरूको साझा संस्था नेपालीघरको आयोजनामा आगामी फ्रेबु्रअरी १३ शनिवारका दिन गरेको एक समारोहका बिच सम्मान गर्न लागिएको हो ।

डेन्भर स्थित याक एण्ड यती रेष्टुरेन्टमा बिहान ११ बजे देखि सुरु हुने कार्यक्रकमा सहभागी भई उहा“लाई थप हौसला प्रदान गर्न आयोजक संस्थाले कोलोराडोमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधि, बुिद्धजिवी, ब्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य सबैलाई आग्रह गरेको छ । 

पन्ध्र वर्षको कलिलो उमेरमा बाबु आमा गुमाएकी सोलखुम्बु निवासी ३१ बर्षिया पासाङ्गले १९ वर्षको उमेर देखिनै पर्वतारोहण सुरु गरेकी थिइन् । सगरमाथा, केटु हिमालको सफलताका साथ आरोहण गरिसकेकी उनी नेपालको पहिलो महिला पर्वतारोही प्रशिक्षक समेत हुन् । पर्वतारोहण सँगै समाज सेवामा पनि त्यत्तिकै सक्रिय पासाङ्ग विश्वकै एक नमुना महिला बन्न सफल भएकी छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक