Similar Articles

न्यायाधीश मनोनयन गर्ने ओबामाको अडान

बिराट नेपाल

अमेरिकी राष्ट्रपति बराक ओबामाले संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतमा एक जना नयाँ न्यायाधीश मनोनयन गर्ने अडान लिएका छन्। उनले शनिवार निधन भएका न्यायाधीश एन्टोनिन स्कालियाको स्थानमा आफूले नयाँ नाम मनोनयन गर्ने बताए। ओबामाले न्यायाधीश मनोनयन गरिसकेपछि आफूले गर्नुपर्ने काम गर्न सिनेटहरुलाई आग्रह गरे। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले मनोनयन गरेपछि अनुमोदन गर्ने वा नगर्ने अधिकार सिनेटमा हुन्छ।

ओबामाले भने, “मलाई आशा छ उहाँहरूले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ।” उनले वासिङ्टनमा रहेका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई आफूले विद्यमान व्यवस्थालाई ठप्प पार्न लागेको मानसिकता त्याग्न आग्रह समेत गरे। घृणा र तिक्तताबाट माथि उठेर काम गर्ने अहिले उपयुक्त समय रहेको उनले टिप्पणी गरे। ओबामाले भने, “मैले समयभित्रै निकै सक्षम उम्मेदवार मनोनयन गर्न खोजेको छु, यदि हामीले सामान्य नजिरहरु पछ्याइरहेका छौँ भने ती मनोनीत नाम समितिसमक्ष पेस गरिनेछ, मतदान हुनेछ र अन्त्यमा अनुमोदन हुनेछ।”

अमेरिकी सर्वोच्च अदालतमा सबैभन्दा लामो कार्यकाल बिताएका रुढिवादी न्यायाधीश स्कालियाको गत शनिवार निधन भएको थियो। सिनेटमा बहुमतसहित रहेका रिपब्लिकन नेताहरूले नयाँ राष्ट्रपति निर्वाचित नहुञ्जेल न्यायाधीश मनोनयनको अनुमोदनमा आफूहरुले ढिलाइ गर्ने चेतावनी दिएका छन्।

उनीहरूले उपयुक्त न्यायाधीश मनोनयन गर्ने अधिकार नयाँ राष्ट्रपतिलाई छाड्नुपर्ने तर्क गरेका छन्। न्यायाधीश स्कालियाको निधनसँगै अहिले चारजना रिपब्लिकन र चारजना डेमोक्रेटको तर्फबाट मनोनीत न्यायाधीशसहित अमेरिकी सर्वोच्च अदालत सन्तुलनको अवस्थामा छ। यसकारण नयाँ नियुक्तिसँगै या त उदारवाद या रुढिवादतर्फ झुकाव हुनेछ। बिबिसीबाट 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक