Similar Articles

प्रेस बिज्ञप्ती

नयाँ शक्ति नेपाल प्रेस विज्ञप्ति

बिराट नेपाल

मितिः २०७२।११।९

जनादेश कार्यालयको प्रसङ्ग जोडदै पत्रकार महासंघका नामबाट जारी भएको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा उल्लेख भएको जस्तो जनादेश कार्यालय कब्जा गरिएको भन्ने समाचार साचो होइन । नयाँ शक्ति नेपाललाई जनादेशसंग जोडेर कसैको निहित स्वार्थ पुर्ति गर्नुको कुनै अर्थ छैन । हाम्रो पार्टीको विज्ञप्तिमा उल्लेख भएजस्तो जनादेश कार्यालयमा सञ्चार गृह सञ्चालन गर्ने कुनै योजना छैन । हुँदै नभएको कुरालाई नयाँ शक्ति नेपाल पार्टीसँग जाडी पत्रकार महासंघजस्तो जिम्मेवार निकायले विना कुनै सत्य तथ्य विज्ञप्ति जारी भएकोप्रति हामीलाई दुख लागेको छ । नयाँ शक्ति नेपाल प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउने वैकल्पिक राजनीतिक धार हुनाका नाताले सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने र सो को वकालत गरिरहने कुरा जानाकारी गराउन चाहन्छौ । 

जनादेशको स्वामित्वको विवाद आफ्नो ठाउमा होला तर जनादेशको नाममा प्रेस काउन्सिल जस्तो जिम्मेवार निकायसंग सम्बद्ध व्यक्ति नयाँ शक्तिवाट खतरा छ भनी विदेश पलायन हुनु विदेशमा शरणार्थीकालागि याचना गर्नु र सोही वाहानामा आफ्नो प्रवेशाज्ञा सुनिश्चित गर्ने नियतले पत्रकार महासंघ जस्तो प्रतिष्ठित एवं मर्यादित संस्थाको दुरुपयोग गरी झुठा सूचनाका आधारमा विज्ञप्ति जारी गर्न लगाई नयाँ शक्तिको वदनाम गर्ने गराउने कार्यले कसैको पनि हित गर्दैन । 

तसर्थ सत्य तथ्य विपरीत आएका समाचारहरुप्रति विश्वास नगर्न र यस्ता समाचारवाट भ्रमित नहुन पनि आग्रह गरिन्छ ।   
 
खिमलाल देवकोटा
प्रवक्ता
नयाँ शक्ति नेपाल
अन्तरिम केन्द्रीय परिषद्


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक