Similar Articles

कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

नातिबाबु भट्ट, फ्रुब्रुअरी २१, २०१६ कोलोराडो, अमेरिका:-
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आइतबार कोलोराडोको बु्रमफिल स्थित जाईका रेष्टुरेन्टमा बिद्याकी देवी सरस्वती पूजा सँगै साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो । गायक वसन्त लम्सालको आतिथ्यतामा उनको ब्रुमफील स्थित जईका रेष्टुरेन्टमा सम्पन्न साहित्यिक गोष्ठीको सुरुआत मंगला चरण तथा सरस्वती बन्दनाबाट सुरु गरिएको थियो । कार्यक्रममा १७ जना भन्दा बढी कवि, कवयत्री, गायक तथा सर्जकहरुले आफ्ना सृजना प्रस्तुत गरेका थिए । 

वसन्त पञ्चमीको सेरेफेरोमा भएको कार्यक्रममा सरस्वतीको फोटोमा माल्यार्पण पछि अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा र डा. बिजयराज शर्माले कार्यक्रममा उपस्थित साना बाल बलिकाहरुलाई कापी कलम वितरण गरेका थिए । सोही अवसरमा डा. बिजयराज शर्माले अन्किता रेग्मीलाई अक्ष्यराम्भ गराएका थिए ।

कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार,व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको बाक्लो उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा सर्जकहरुले आ–आङ्खना रचना सँगै सरस्वतीको महिमा वर्णन गरेका थिए । यसरी रचना सँगै मन्तव्य राख्नेहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, डा.विजयराज शर्मा, कवि देव भट्टराई, एनआरएनका अध्यक्ष वासुदेव खनाल, प्रवासी नेपाली मन्चका अध्यक्ष जगत श्रेष्ठ, समाजसेवी रमेश गुरुङ, कुमार कार्की, दामोदर लुईटेल, हरि लामीछाने, दिनेश कार्की, प्रज्वल नेपाल, तारा अधिकारी, यशोदा भट्ट लगायतका सघ संस्थाका पदाधिकारी तथा कवि कवयत्री रहेका थिए ।

 à¤—द्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा सरस्वतीको महिमा, मातृ भूमि नेपाल र अमेरिकामा नेपालीहरूको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजीमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा सस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहाँ प्रस्ट देख्न सकिन्थ्यो ।
 
कार्यक्रममा पुराना कवि कवयत्रीहरुको कृति वाचन गर्ने क्रममा राष्ट्रकवि माधव घिमिरेको कृित गौरी खण्डकाव्यबाट देव भट्टराईले सुरिलो छन्दमा प्रस्तुत गर्दा सबैका आ“खा रसाएका थिए । त्यस्तैगरि वसन्त लम्सालको राष्ट्रिय गीतले सबैको मन छोएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा कवि भोला सिवाकोटीको प्रस्तुतिमा सम्पन्न साहित्यिक गोष्ठीमा गीत लगातयतका श्रृजनाको प्रस्तुतिले चट्नीको काम गरेको थियो । 

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न
कोलोराडोमा सरस्वती पूजा सँगै साहित्यिक गोष्ठी सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक