Similar Articles

मुम्बइमा सेल्फी खिच्न प्रतिबन्ध

बिराट नेपाल

नयाँ दिल्ली, फागुन १४ गते। भारतीय सहर मुम्बइका १६ स्थानमा सेल्फि खिच्न नपाइने भएको छ । मोबाइल फोनबाट सेल्फि फोटो खिच्दा दुर्घटना हुने गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । 

सेल्फि खिच्न नपाइने गरी प्रतिबन्ध लगाइएका स्थानहरुमा समुद्री किनार लगायतका विभिन्न पर्यटकीय स्थान रहेका बताइएको छ । 

मोबाइल फोनबाट फोटो खिच्दा यसका कारण विभिन्न असुरक्षा र दुर्घटना समेत बढेको भन्दै विशेषगरी युवायुवतीलाई मध्यनजर राखेर यो नियम बनाइएको मुम्बई प्रहरीले जनाएको छ । 
मुम्बई भारतीय आन्तरिक तथा बाह्य पर्यटकका लागि एक पर्यटकीय गन्तव्य हो । ती प्रतिबन्ध लगाइएका क्षेत्रमा गरिएको यो नयाँ प्रबन्धको उल्लङ्घन भएमा १७ अमेरिकी डलरसम्म जरिवना लगाइने पनि प्रहरीले जनाएको छ । 

सेल्फि तस्बिर लिने विश्वका बहु चर्चित ४९ वटा स्थानमध्ये भारतमा १९ वटा पर्दछन् । त्यसमा मुम्बई पनि एक हो ।  à¤¸à¥‡à¤²à¥à¤«à¤¿ तस्बिर लिने क्रममा भारतमा विद्यार्थी एवम् विभिन्न युवायुवतीको ज्यान जाने गरेकोले गर्दा पनि उनीहरूको सुरक्षाकै लागि यस्तो नियम बनाइएको प्रहरीको भनाई छ । भारतमा आन्तरिक पर्यटकका राथै अध्ययन भ्रमणका लागि मुम्बई जाने युवायुवतीको सङ्ख्या निकै धेरै रहेको पाइन्छ । रासस÷एपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक