Similar Articles

गत वर्षको उपविजेता आर्मी क्लब बाहिरियो

बिराट नेपाल

रत्ननगर (चितवन), २४ फागुन । चितवनको पटिहानीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा गत वर्षको उपविजेता नेपाल आर्मी क्लब पहिलो चरणबाटै बाहिरिएको छ । 

दोस्रो दिनको पहिलो खेलमा भारतसँग ३–१ ले पराजित हुँदै आर्मी समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा एपिएफसँग ३–१ ले हारेको आर्मीले दोस्रो खेलमा पनि आफूलाई सुधार्न सकेन । भारतको बिएमडब्लु क्लबलाई पहिलो सेटमा २५–२० ले पछि पारे पनि त्यसपछिका तीनै सेट गुमाएपछि आर्मी पहिलो चरणबाटै बाहिरिएको हो । 

आज भारतले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ को सेटमा विजय हात पा¥यो । समूह ‘बी’ मा रहेको भारतले आजै एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेल बाँकी भए पनि एपिएफ र बिएमडब्लु दुबै दोस्रो चरण प्रवेश गरिसकेका छन् । त्यसकारण अन्तिम खेल समूह विजेताको टुङ्गो लगाउन महत्वपूर्ण छ । समूह ‘ए’को खेलमा अहिले साम्ची स्पोर्टस क्लब भुटान र डब्लुडिबी बङ्गलादेशले प्रतिस्पर्धा गरिरहेका छन् । 

बङ्गलादेश आइतबारको खेलमा पराजित भएको थियो भने भुटान पहिलो खेल खेल्दैछ । आजै भुटान र नेपाल प्रहरीले पनि खेल्नेछन् । नेपाल प्रहरी पनि एक खेल जितिसकेको टोली हो । 

प्रतियोगिताअन्तर्गत चार दिनसम्म कुल १० वटा खेल हुनेछन् । प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता मूल संयोजक रामहरि सेढाईंले जानकारी दिनुभएको छ । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक