Similar Articles

जनकपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने –मन्त्री मण्डल

बिराट नेपाल

जनकपुर, फागुन २९ गते। युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले प्राचीन सभ्यताको धरोहरका रूपमा रहेको मिथिला आज राजनीतिक अखडाको रूपमा विकसित भइरहेकोले यसको मौलिकता हराउँदै गएको बताउनु भएको छ ।

जनकपुर उपमहानगरपालिका–१४ रजौलमा निर्माण हुन लागेको श्रीराम जानकी रङ्गशालाको भौतिक पूर्वाधार सम्बन्धमा स्थलगत निरीक्षण गर्दै मन्त्री मण्डलले सो कुरा बताउनु भएको हो । जगत्जननी सीता नभए रामको कुनै अस्तित्व नै नहुने उल्लेख गर्दै मन्त्री मण्डलले भन्नुभयो, “हाम्रा पूर्वजले अर्जेको प्राचीन मिथिलालाई कालान्तरमा आएर मिथिलावासीले उपहास गरेकाले यसको अपेक्षित विकास हुन नसकेको हो ।” मन्त्री मण्डलले नेपाल–भारतबीचमा केही समय अघि देखापरेको कटुता नाकाबन्दी अन्त्यसँगै समाप्त भई दुई देशबीच पहिले जस्तै सुमधुर भएको उल्लेख गर्नुभयो ।

खेलकुदको सम्बन्ध स्वास्थ्यसँग भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुनु जनकपुरवासीको लागि गौरवको विषय भएको बताउँदै मन्त्री मण्डलले रङ्गशाला निर्माण गर्ने आगामी आव २०७३÷०७४मा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दीपनारायण साहले नगरपालिका र जिविसमा भएको व्यापक भ्रष्टाचारको कारण जनकपुर नगरको यथोचित विकास हुन नसकेको धारणा राख्नु भयो । उहाँले जनकपुरलाई सुन्दर सहर बनाउनेतर्फ यहाँका नेताको ध्यान नपुगेकाले जनकपुरको अवस्था दिनप्रतिदिन जर्जर हँुदै गएको टिप्पणी गर्नु भयो । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक