Similar Articles

डलास सहरमा आज देखि टेबल टेनिस खेल सुरु

बिराट नेपाल

बिपिन खड्का, डालस:
नेपाली समाज टेक्सासको आयोजनामा डलास सहरमा आज देखि टेबल टेनिस खेल सुरु भएको छ। टेक्सस राज्यमा बसोबास गरिरहेका नेपाली टेनिस खेलाडी बिच सो प्रस्तिस्पर्धा भैरहेको छ । खेलमा ४२ जना खेलाडी सहभागी रहेको कार्यक्रम आयोजक संस्था एनएसटिले जानकारी गराएको छ । टुर्नामेन्ट भनिएको उक्त खेल दुई दिन सम्म जारी रहनेछ ।

टुर्नामेन्ट संयोजक सुमन थापा अनुसार खेलमा प्रथम द्वितिय तथा त्रितिय हुनेलाइ पुरस्कारको व्यवस्था गरिएको छ । जस अनुसार  à¤ªà¥à¤°à¤¥à¤® हुनेलाइ डलर १००० र दोस्रो हुनेलाइ डलर ५०० सहित प्रमाण पत्र दिइने भएको छ ।

पूर्व सूचना प्रकाशनमा खेलाडीरजिस्टर मिति मार्च १६ सम्म  à¤ªà¤¨à¤¿ खेलाडीको आग्रह अनुसार आज बिहान १०.३० सम्म नै रजिस्टर समय उपलब्ध गराएको समाजका महासचिव कमल सत्यालले बताउनु भएको छ । यो टुर्नामेन्टमा टेक्ससमा रहेको लिटल नेपाल रेस्टुरेन्ट, युनिक मार्ट, ग्लोबल फाइनन्शियल, टेक्सस होलसेल लगायतले सहयोग गरेका छन् ।

सामाजिक कार्यमा सक्रिय नेपाली समाज टेक्सस (NST) ले विभिन्न समयमा विभिन्न खाले यस्ता कार्येक्रम गर्दै आइरहेको छ । अमेरिकाको व्यस्त जीवन शैली अनि यहाँको व्यस्त दैनिकी का बिच पनि समाजको सक्रियता अनि यस्ता कार्यमा नेपाली समुदायको उपस्थितिले झन् भोलिका दिन अझ अरू यस्तै युवा लक्षित कार्य गर्न हौसला बढेको महासचिव सत्याल बताउनु हुन्छ ।

खेल हुने स्थान:
Venue: Dallas Table Tenis Club,
2625 Old Denton Rd#520 , Carrollton Tx, 75007

डलास सहरमा आज देखि टेबल टेनिस खेल सुरु
डलास सहरमा आज देखि टेबल टेनिस खेल सुरु
डलास सहरमा आज देखि टेबल टेनिस खेल सुरु


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक