Similar Articles

अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो ।
अमेरिकाको कोलोराडो राज्यमा हिजो रातीदेखि सुरु भएको भारी हिमपात र आँधीहुरीका कारण जनमानसलाई आफ्नो दैनिक कार्य गर्नको निमित्त अत्यन्त कठिनाइ भएको छ । बिआरटी नेपाललाई प्राप्त जानकारी अनुसार अहिलेसम्म यस हिमपातबाट कुनै मानवीय क्षति नभएको साथै नेपाली तथा भूटनिज नेपाली समुदायमा सबै सकुशल रहेका छन् ।
 
हिमपातको कारण डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७:३० देखि  à¥¯:३० बजेसम्म करिब २ घण्टा विद्दुत सेवा अवरुद्द भएको थियो भने डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरुको उडान र अवतरण गर्नमा पनि समस्या उत्पन्न भएको छ । यसले गर्दा हजारौँ आन्तरिक एवम् बाह्य उडानहरु स्थगित भएका छन् । विमानस्थलमा कहिलेदेखि सबै सेवा सुचारु हुनेछन् भन्ने विषयमा अहिलेसम्म कुनै अधिकारिक सूचना आएको छैन ।
 
हिमपात र आँधीहुरीको खतरा औल्याउदै मौसम विभागले जारी गरेको ब्लिजार्ड वार्निङ कोलोराडोको डेन्भर र यस आसपासको क्षेत्रमा आज बेलुका ६ बजेसम्म रहने र त्यसपछि यो आँधी क्रमश: पूर्वतिर सर्दै जाने सूचना प्राप्त भएको छ । यस दौरान करिब ६ देखि १२ इन्चसम्म हिउँ पर्नसक्ने पूर्वानुमान गरिएको छ भने साथमा तीव्र गतिको हावाहुरी पनि चल्ने पनि बताइएको छ । 

यसबाट विशेष गरेर सडकहरु चिप्लो हुनुको साथै भिजिबिलिटी पनि न्यून हुने हुनाले सवारी चालकहरुलाई अत्यन्त होसियार भएर र आवश्यकै परेको अवस्थामा मात्रा सवारी चलाउन निर्देशन दिइएको छ । यहाँको प्रमुख राजमार्ग आई-सेभेन्टीमा मा करिब ३०-५० माइल प्रतिघन्टाको गतिमा हावाहुरी चल्ने तथा १८ इन्चसम्म बाक्लो हिमपात हुनसक्ने मौसमविद्हरुको पूर्वानुमान छ । हिमपातको कारणले आज यस क्षेत्रका स्कुल, कलेजहरुका साथै कतिपय सपिङ मलहरु पनि बन्द गरिएको छ ।

Photos: Sunil Shrestha, Tashi Tashi, Diki Sherpa, Suman Timalsina, Nirmal Pyakurel, Bisheswor KC and Shailesh Pokharel 

अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: तासी तासी

अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Sunil Shrestha
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Suman Timalsina
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Diki Sherpa
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Bisheswor KC
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Bisheswor KC
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Nirmal Pyakurel
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Nirmal Pyakurel
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Nirmal Pyakurel
अमेरिकाको कोलोराडोमा भारी हिमपात, स्कुल र कलेजहरु बन्द फोटो: Diki Sherpa
Photo : Sunil Shrestha
Photo : Bisheswor KC
Photo : Rohit Shrestha

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक