Similar Articles

बेल्जियममा तीन दिन शोकको घोषणा, मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो

बिराट नेपाल

ब्रसेल्स, चैत १० गते  à¤¬à¥‡à¤²à¥à¤œà¤¿à¤¯à¤®à¤•à¥‹ राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेसनमा मङ्गलवार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रूपमा खोजी अभियान चलाएको जनाएको छ । 

उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्खया ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले बुधवार बिहान जानकारी दिएका छन् । इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधवारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ । 

विमानस्थलमा विस्फोट भएको एक घण्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ । यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । बेल्जियममा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै राष्ट्रिय शोकको घोषणा गरेको छ । आज स्थानीय समयाअनुसार बिहानको ११ बजे शोक सभाको गरी एक आयोजना गरी मिनेट मौनधारणा गरिने जनाइको छ । 

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने विभिन्न अस्पतालहरुले जानकारी दिएका छन् । बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यस दिनलाई कालो दिनको संज्ञा दिनु भएको छ । यस्तो भीषण आक्रमण बेल्जियमले यस अघि कहिल्यै नदेखेको पनि उहाँले टिप्पणी गनु भएको छ । साथै देशबासीका नाममा सम्बोधन गर्दै उहाँले यस आक्रमणका दोषीलाई कदापि नछोड्ने र उनीहरूलाई जसरी पनि कानुनी कारबाहीको दायरामा ल्याइछोड्ने आश्वासन दिलाउनुभएको छ । 

आक्रमणकारीको खोजीलाई प्रहरीले राजधानी ब्रसेल्ससहित विभिन्न सहरसम्म नै पु¥याएको छ । हेलिकोप्टरबाट पनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । गएराति पनि रातभरि प्रहरीले हेलिकोप्टरबाट आक्रमणकारीलाई खोजी गरिरहेको जनाएको थियो । यस क्रममा कैयांँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

तर घटनामा सम्लग्न प्रमुख योजनाकारलाई भने प्रहरीले नियन्त्रणमा लिन सकिरहेको छैन । आक्रमणकारीको खोजीमा भएका प्रगतिको जानकारी प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी गाराउने जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी आइएसले लिइसकेको छ । आइएसले हालैमात्र आफ्ना एक जना सहयोगीलाई ब्रसेल्सबाटै नियन्त्रणमा लिइएकोले त्यसको बदलामा यो आक्रमण गरिएको जानकारी दिएको छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक