Similar Articles

कोलोराडोमा होली सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

नातिबाबु à¤­à¤Ÿà¥à¤Ÿ, मार्च २६,२०१६ कोलोराडो, अमेरिका
कोलोराडो निवासी नेपालीहरूले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको रूपमा मनाईने होली एक आपसमा रङ्ग लगाई हर्सोउल्लासका साथ मनाएका छन् । नेपालीहरूको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन मन्दिरमा आयोजित कार्यक्रममा यहाँ रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुमा पंण्डित जीवन बरालले विशेष पूजा सहित होलीको महत्त्व उल्लेख गर्दे उपस्थित सबैलाई टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए । 

त्यसपछि मंन्दिरको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाइ, दिदी बहिनीहरू हातमा विभिन्न किसिमका रङ्ग लिएर आ–आङ्खना दौतरिहरुलाई लगाउन व्यस्थ देखिन्थे । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरू आफ्नो संस्कृति र चाडपर्बको जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रस्ट हुन्थ्यो । 

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रूपमा होलीसुरु भएको मानिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलिकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

यसै दिनमा टुडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इट्म्बाहालदेखि कंहिपनि नबिसाई ल्याईएको १० पाथी चामलको भात र एउटा रागोको मासु खुवाई सैनिक अस्पत्ताल भित्र रहेको ‘जधु' धारोमा चुठाउने प्रचलन रहेको छ । त्यसैगरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आङ्खनो स्तनमा विष लगाएर कृष्णलाई दूध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।   

यी र यस्ता हिन्दु संस्कृति तथा परम्परा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार आज संम्पन्न भएको फागु कार्यक्रममा उपस्थित सबै बालक हुन वा वृद्ध, युवा युवती हुन वा अधबैसे, सबै आ आफ्ना दौतरीका साथ रङ्ग लगाएर खुसी साट्न व्यस्थ  à¤¦à¥‡à¤–िन्थे । बिहान ११ बजे देखी सुरु भएको कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाली घरका महासचिव लक्षुमण रानाले सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष योगराज गौतमले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । संस्थाले उपस्थित सबैलाई निःशुल्क भोजनको ब्यावस्था गरेको थियो ।

कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न
कोलोराडोमा होली सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक