Similar Articles

विस्फोटमा संलग्न एक संदिग्ध पक्राउ

बिराट नेपाल

ब्रसेल्स १४ चैत । बेल्जियमको दक्षिणपूर्वी नगर लिजको बाहिरी इलाकामा गत शनिवार लगातार तीन पटक बम विस्फोट भएको छ । 

यसैक्रममा एक संदिग्ध व्यक्ति पक्राउ परेको स्थानीय समाचार संस्थाले ला एभेनिरले जनाएको छ ।उक्त विस्फोटबाट एक जना पैदल यात्रीलाई सामान्य चोटपटक लागेको र कसैले के कति कारणले उक्त विस्फोट गराएको हो, सो भने खुलाशा भएको छैन् । पहिलो विस्फोट दक्षिणीपूर्वी बेल्जियमको आङ्ग्लोर सहरमा रातको ११ः४० बजे भएको थियो । 

त्यसको आधा घन्टापछि वेन होसेमा र तेस्रो विस्फोट जुपिल कोएफ सडकमा मध्यरात १२ः३० बजे गराइएको थियो । उक्त तीन विस्फोट मध्ये एउटाले एक जना व्यक्तिलाई सामान्य चोटपटक लाग्नुका साथै एक स्थानीय व्यक्तिको सपत्ती केही क्षति भएको जनाइएको छ । पक्राउ परेको व्यक्तिसँग सोमबार सोधपुछ गरिने बताइएको छ । 

हालसम्मको आङ्कलनमा यस विस्फोटहरु गत मङ्गलवार राजधानी ब्रसेल्समा भएको आतङ्ककारी आक्रमणसँग सम्बद्ध नभएको बताइएको छ । रासस÷सिन्ह्वा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक