Similar Articles

प्रेस बिज्ञप्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजतजयन्ती मूल समारोह समिति गठन

बिराट नेपाल

प्रेस बक्तव्य

बिश्वब्यापी रूपमा छरिएको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापनाको २५ औं वर्षको अवसरमा रजतजयन्ती भब्यरुपमा मनाउन १०१ सदस्यीय रजतजयन्ती समारोह मूल समारोह समिति गठन गठन गरिएको छ ।

संस्थाका बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीको संयोजकत्व र केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको उपसंयोजकत्वमा १०१  à¤¸à¤¦à¤¸à¥à¤¯à¥€à¤¯ रजतजयन्ती मूल समारोह समिति गठन गर्ने निर्णय भएको छ ।

सो समितिमा बोर्ड अफ ट्रष्टीका सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, पूर्व अध्यक्षहरु, संस्थापकहरु, सल्लाहकारहरु, च्याप्टरका अध्यक्षहरु रहने छन् । 

यसै गरी रजतजयन्ती भव्यरुपमा सम्पन्न गर्न ११ सदस्यीय सचिवालय समितिको गठन गरिएको छ ।

उक्त सचिवालय समितिमा डा. श्याम कार्की (संयोजक) पदम विश्वकर्मा (उपसंयोजक), गोबर्धन पूजा र शिव लामिछाने (सदस्य-सचिव) र सदस्यहरूमा रोहिणी शर्मा, गीता खत्री, सुमन तिमिसिना, राधेश्याम लेकाली, राम खत्री, बिमल नेपाल, सीता पाण्डे, प्रकाश नेपाल र भगवती बस्नेत रहेका छन् ।

रजतजयन्ती यही जुन महिनाको पहिलो हप्तामा राजधानी वाशिंगटन डिसीमा मनाउन आवश्यक तयारी भइरहेको पनि सबैमा जानकारी गराउन चाहन्छौँ । सो अवसरमा नेपाली साहित्यलाई माया गर्नुहुने सम्पूर्ण महानुभाबहरु, अनेसासका ट्रष्टी तथा आजीवन सदस्यहरू, यसका शुभचिन्तकहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ । 


                                 
पदम विश्वकर्मा                 डा. श्याम कार्की 
   à¤…ध्यक्ष                            à¤¸à¤­à¤¾à¤ªà¤¤à¤¿ 
केन्द्रीय कार्यसमिति           बोर्ड अफ ट्रष्टी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक