Similar Articles

कोलोराडो राज्यमा अप्रिल २०१६ मा ९ कार्यक्रम हुँदै

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो
आगामी अप्रिल महिना कोलोराडो साबिक भन्दा व्यस्त हुनेछ । नेपाली तथा नेपालीभासीहरूको बाक्लो बस्ती रहेको अमेरिकाको कोलोराडो राज्यको डेनभर बरीपरीका सहरहरूमा अप्रिल महिनामा ९ वटा कार्यक्रमहरूको आयोजना हुँदैछ । 

पहिलो कार्यक्रम:
आइतबार अप्रिल ३, २०१६ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले साहित्य तथा कवि गोष्ठीको आयोजना गरेको छ । कवि तथा साहित्यकारहरुको राम्रै उपस्थिति रहने अपेक्षा गरिएको उक्त कार्यक्रम इस्मोकी हिल लाइब्रेरी (Smoky Hill Library 5430 s. Biscay Ct Centennial, CO 80015) मा अपरान्ह ३ बजे देखि साँझको ५ बजे सम्म हुनेछ भनेर कोलोराडो च्याप्टर अध्यक्ष भुपेन्द्र महतले बिआरटी नेपाललाई जानकारी दिए । 

दोस्रो कार्यक्रम:
शनिवार अप्रिल ९, २०१६ का दिन म्युजिकल नाइटको कार्यक्रम आयोजना गरिएको छ । कोलोराडो युथ इन्टरटेन्मेन्टको आयोजनामा लाइभ म्युजिकल कार्यक्रम हुने कार्यक्रममा कलाकारहरू गायक दिपेश किशोर भट्टराई, सुधिर राई, शरण गुरुङ, लोकेश गुरुङ र लाक्पा याकले आ-आफ्नो साङ्गीतिक खुराक दर्शक तथा श्रोताहरुलाई पस्कने छन् । गीत सङ्गीत लगाएत विभिन्न नृत्यहरु पनि प्रस्तुत हुने उक्त कार्यक्रम इस्ट मिडल स्कुल, १२७५ फ्रासर स्ट्रिट अरोरामा हुन गइरहेको छ । $१० डलरको प्रवेश शुल्क राखिएको कार्यक्रमबाट भएको मुनाफा युथको लागि खर्च गरिने जानकारी उक्त कार्यक्रमका संयोजक रुबेन शर्माले जानकारी दिए । ह्युमन फर फाउन्डेशन र ग्लोबल भुटानिज कमुनिटी कोलोराडोले उक्त कार्यक्रमलाई सहयोग गरेको छ । उक्त कार्यक्रम नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई उपस्थित हुन पनि अनुरोध गरिएको छ ।   

तेस्रो कार्यक्रम:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आइतबार अप्रिल १०, २०१६ का दिन नव निर्मित नेपाली चलचित्र "फिंगर प्रिन्ट"को ब्रुमफिल्ड अडिटोरियम हलमा कोलोराडोबाट पहिलो पटक रिलिज  हुँदैछ । उक्त रिलिज कार्यक्रममा नायक दिपकराज त्रिपाठीको पनि उपस्थिति रहने छ ।  त्रिपाठी मुनामदन चलचित्रका मदन पात्र समेत हुन् । उक्त मुनामदन चलचित्र ओस्कारमा नोमिनेट भएको थियो । चलचित्रका अन्य कलाकारहरुमा राज क्षितिज, शङ्कर आचार्य, ओम प्रतीक, सरिता लामिछाने, रमेश बुढाथोकी, आनन्द पुन छन् । चलचित्रको लेखन/सम्पादन/निर्देशन नवीन निरौलाले गरेका छन् भने निर्माता अनिल श्रेष्ठ हुन ।

अन्तरजातीय प्रेम, त्यस प्रतिको सामाजिक विकृत मनस्थितिहरु प्रति गरिने व्यवहार र अन्त्यमा त्यस्ता नराम्रो सोच भएका व्यक्तिहरूको लज्जास्पद हार र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको फिंगर प्रिन्ट परिवर्तन गरेर कसरी सोझा साझा व्यक्तिहरूलाई प्रलोभन देखाएर वा बाध्य बनाएर फसाउछन तथा त्यसको भण्डाफोर कसरी हुन्छ भन्ने विषयलाई चलचित्रमा दर्साउन खोजिएको छ । साथै यो चलचित्र सस्पेन्स थ्रिलर चलचित्र हो । सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई उक्त चलचित्र हेर्न आउनको लागि संस्थाका अध्यक्ष पदम विश्वकर्माले अनुरोध गर्नुभएको छ । 

चौथो कार्यक्रम:
अप्रिल १६, २०१६ बिहान ११:३० देखी दिनको २:३० सम्म अमेरिकाको विभिन्न राज्यमा रहनु भएका सङखुवासभा जिल्लाबासीहरुको पहिलो भेटघाट, पिक्नीक कोलोराडो राज्यको डेनभर सहरमा हुँदैछ । उक्त भेलामा सङखुवासभा जिल्लाबासीको अमेरिकन सरकारको कानुनको मतहतमा रही विधान सम्बन्धी, कार्य समिति चयन, भावी कार्यक्रम, संस्था दर्ता सम्बन्धी कुराहरूमा विशेष छलफल हुनेछ । कार्यक्रम हुने स्थान 11801 Community Center Dr,Northglenn, CO 80233 । 

पांचौ कार्यक्रम:
शनिवार अप्रिल, १६ २०१६ का दिन नयाँ वर्ष शुभकामना साँझ २०७३ को आयोजना गरिएको छ । कोलोराडोमा रहेको सबै भन्दा पुरानो संस्था  रक्की माउन्टेन फ्रेन्डस अफ नेपालद्वारा आयोजना गरिएको शुभकामना साँझमा गायिका उषा किरण अधिकारी, गायक महेश बुढाथोकी, गायक सरोज दत्त, वन लेग डान्सर रस्मी खरेल बस्नेत र नेपाली चर्चित युट्युबर आयुस रिमालको पनि उपस्थिति रहने छ भने कार्यक्रमको अन्तमा डि जेको व्यवस्था तथा ओपेन फ्लोर डान्स पनि गरिएको जानकारी उक्त संस्थाका अध्यक्ष शरद आचार्यले बताएका छन् । गीत सङ्गीत लगाएत विभिन्न नृत्यहरु पनि प्रस्तुत हुने उक्त कार्यक्रम याक एन्ड एती रेस्टुरेन्ट डेनभरमा साँझ ५:३० बजे देखि सुरु हुनेछ । उक्त कार्यक्रमको लागि प्रवेश शुल्क १५ डलर (रात्रि भोज सहित) राखिएको छ । १० वर्ष मुनिका बालबालिकहरुलाई निःशुल्क प्रवेश गरिने जानकारी माहसचिब विनोद त्रिपाठीले दिए ।

सांस्कृतिक कार्यक्रमको बिआरटी नेपाल डट कमबाट करिब सात बजे बेलुका देखी प्रत्यक्ष प्रसारण गर्नेछ । त्यसै दिन दिनको ४ देखी ५ बजे सम्म वार्षिक साधारण सभाको पनि आयोजना गरिएको छ । उक्त वार्षिक साधारण सभामा सम्पूर्ण रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका मेम्बर, लाइफ मेम्बर तथा बोर्ड मेम्बरहरुलाई आउन अनुरोध पनि गरिएको जानकारी माहासचिब विनोद त्रिपाठीले दिएका छन् । 

छैठौ कार्यक्रम:
आइतबार १७ अप्रिल २०१६ का दिन नेपाल डे परेडको कार्यक्रम आयोजना गरिएको छ । हेल्पिङ ह्यान्ड, कोलोराडोको आयोजनामा हुन लागेको सो कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्की, कङ्रेसमेन जेरेड पोलिशको सहभागिता रहने उक्त कार्यक्रम बोल्डर बेन्ड सेल, बोल्डर लाइब्रेरी अगाडिबाट सुरु हुनेछ भने परेड कार्यक्रम सकिएपछि विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने जानकारी कार्यक्रम कि संयोजक शान्ति श्रेष्ठले बिआरटी नेपाललाई बताउनु भएको छ । उक्त कार्यक्रमको केही अन्श बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गर्ने छ ।

सातौ कार्यक्रम:
त्यसै गरी अप्रिल २४, २०१६ का दिन नेपाली भाषी भुटानीहरुको कथा बस्तुमा आधारित नेपाली चलचित्र रिफ्युजीको प्रदर्शन गरिने भएको छ । अन्तराष्टिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा हुन लागेको कार्यक्रम अरोरा स्वागतम सेन्टर (1085 Peoria St, Aurora, CO 80011) अरोरामा साँझ ५ बजे प्रदर्शन हुने छ । चलचित्र हेर्नको लागि १० डलर टिकट निर्धारण गरिएको जानकारी पनि आयोजकले बिआरटी नेपाललाई दिएका छन् । चलचित्रमा जीवन लुइँटेल र रिस्ता बस्नेत, निर शाह, अशोक शर्मा, दीपक क्षत्री, मोहन निरौला, राम फागो, भीम केरुङ, दिलप्रसाद याक्सो, सञ्जय न्यौपाने, भूपेन्द्र लिङ्देन ‘मन्त्री’ लगायतको अभिनय रहनेछ । चलचित्र छायांकन झापा, इलाम, मोरङ, सुनसरी लगायतका जिल्लामा हुने पनि निर्देशक सुब्बाले बताएका छन् । मनोज राई र दीपेश लिम्बुको लगानी रहेको यो चलचित्रको छायाकारमा सौरभ लामा, संगीतकारमा विकास चौधरी, गीतकारमा डब्बु क्षत्री र उदय सुब्बा, द्वन्द्व निर्देशकमा राजु किराँती र नृत्य निर्देशकमा दिनेश पाख्रिन रहेको पनि निर्देशक सुब्बाले जानकारी गराए ।
 
आठौ कार्यक्रम:
शनिवार अप्रिल ३० २०१६ का दिन रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै बिआरटि नेपाल डट कम र ब्लड डोनर्स एसोसिएसनको आयोजनामा बोल्डरस्थित बोनफील्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम आयोजन गरिएको छ । दिउँसो १२ देखि ४ बजे सम्म हुने उक्त कार्यक्रममा आउनको लागि एपोइन्टमेन्ट लिनु नपर्ने सिधै उक्त समय भित्र आएर रगत दान गर्न सकिने छ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ । 

नबौ कार्यक्रम:
एन-आर-एन कोलोराडो च्याप्टरको परिचयात्मक कार्यक्रम अप्रिल महिनाको ३० तारिख साझमा हुने जानकारी च्याप्टर अध्यक्ष बासु खनालले जानकारी दिए । च्याप्टर अध्यक्ष खनाल अहिले अन्य व्यवस्थापन गर्न व्यस्त हुनाले सबै कुराको टुङो लागेपछी बिआरटी नेपाललाई सबै जानकारी उपलब्ध गराउछु भनेका छन् ।

Kabi Gosti
Misical Night
New Year Prg
Nepal Day Parade
Finger Print
Blood Donation
Refugee



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक