Similar Articles

क्रिकेट खेलप्रतिको आकर्षण बढ्दो

बिराट नेपाल

धनगढी, चैत २१ गते । स्थानीय १२ वर्षीय बालक सन्दिप पाण्डेय हरेक दिन क्रिकेटको ब्याड समातेर क्रिकेट खेल्ने आफ्ना साथीहरू खोज्दै हिँड्ने गर्दछन् । विद्यालयपछि आफ्नो टोलमा दिनहुँ साथीहरुसँगै क्रिकेट खेल्ने उनको दिनचर्या बनिसकेको छ । यस क्षेत्रमा क्रिकेटका गतिविधि बढ्दै जाँदा यो खेलप्रतिको आकर्षण बालक, कलेजस्तरका विद्यार्थी र वयस्क व्यक्तिमा ह्वात्तै बढाइदिएको पाइन्छ ।

क्रिकेटप्रतिको रुचि बढिरहेको भए पनि कतिपय बालक आफ्नो पढाइप्रति सचेत पनि देखिन्छन् । “पढाइमा बाधा पुग्ने गरी क्रिकेट नखेलौँ, परीक्षा सकिएको हो रु” दुईजनाको भेट भएपछि पाण्डेयका सहपाठी विवेक ओझा प्रश्न गर्दै थिए । यतिबेला कैलाली जिल्लाका सबै विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

चार कक्षामा पढ्दै गरेका यी बालकका लागि क्रिकेट खेल्न खेल मैदान खोज्ने चुनौती भने रहेको छ । खेल मैदानको अभावमा पाकेको गहुँबाली कटिएको खाली खेत होस् वा खुला सडक, खाली ठाउँ भेटिएमा यी बालक क्रिकेट खेल्न तम्सिन्छन् ।

टेलिभिजन अगाडि बस्दा पनि क्रिकेट प्रसारण हुने च्यानल हेरेर यी बालक रमाइरहेका हुन्छन् । भारतमा हाल जारी ‘विश्व कप टि २० क्रिकेट’ प्रतियोगिताले पनि अधिकांशको ध्यान क्रिकेट खेलतर्फ आकर्षित गरिरहेको छ ।

बालबालिका आफ्नो पढाइलाई भन्दा क्रिकेटलाई बढी महत्त्व दिँदा पढाइ बिग्रिन थालेको कतिपय अभिभावक बताउँछन्् ।

“घरमा बस्दा टेलिभिजन अगाडि झुम्मिएर क्रिकेट खेल हेर्नुपर्ने, घरबाहिर जाँदा ब्याड समातेर खेल खेल्न तम्सिने केटाकेटीको बानीले पढाइमा बाधा पु¥याएको छ” एक जना स्थानीय अभिभावक चेतराज भट्टले दुःखेसो सुनाउनु भयो ।

“पहिले क्रिकेट खेल खेल्नेलाई मूर्ख र हेर्नेहरुलाई महामूर्ख भन्ने गरिन्थ्यो, यस्तो हुँदा पनि केटाकेटीमा यसप्रतिको आकर्षण किन बढ्यो होला” – क्रिकेट खेलबारे अनभिज्ञ रहेका भट्टले प्रश्न गर्नुभयो ।

यहाँ क्रिकेट खेल्नका लागि चाहिने खेल मैदानको अभाव खड्किएको भए पनि मैदान निर्माण गर्नेतर्फ खास पहल भएको देखिँदैन । यद्यपि वडा नं ३ को मोहना नदी किनारमा मैदान निर्माणको पहल थालिए पनि सहरमा बस्ने बालबालिकाका लागि उक्त मैदान अपायक पर्ने गरेको छ ।

धनगढी नगरपरिषद् बैठकले धनगढीलाई क्रिकेट सिटी बनाउने निर्णय दुई वर्षअघि नै गरिसकेको भए पनि त्यसअनुसारको क्रिकेट खेलको विकासका लागि योजना र कार्यक्रमहरू अझैसम्म आउन नसकेको खेलप्रेमीहरु बताउँछन् ।

क्रिकेटमा राम्रो प्रतिभा देखाउन सक्नेले अबका दिनमा यो खेल खेलेरै बाँच्न सक्छन् भन्ने उदाहरणहरू देखिन थालेको धनगढी क्रिकेट एकेडेमीका यज्ञराज जोशी बताउनुहुन्छ ।

हालैमात्र धनगढीमा सम्पन्न ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–३’ प्रतियोगितामा विभिन्न पाँचवटा टिमका मालिकले खेलाडीको मोलतोल गरेर ९अक्सन० क्रिकेटरहरुलाई आ–आफ्नो टिममा अनुबन्ध गरेका थिए ।  à¤§à¤¨à¤—ढीमा भएको यो प्रतियोगितमा खेलाडीको मोलतोल गरेर आ–आफ्नो टिममा अनुबन्ध गराउनु नेपालको क्रिकेट क्षेत्रका लागि नौलो व्यवहार रहेको जोशीले बताउनुभयो ।

खेलमा सम्भवतः सबैभन्दा बढी नियम रहेको खेलका रूपमा क्रिकेटलाई लिने गरिएको छ । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक