Similar Articles

अनेसास कोलोराडो च्याप्टरको आयोजनामा नियमित साहित्य कार्यक्रम सम्पन्न

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो
अन्तराष्ट्रिय à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा नियमित साहित्य कार्यक्रम अप्रिल ३ आइतबार सम्पन्न भएको छ । यस पटकको साहित्यिक कार्यक्रम बिआरटी नेपाल डट कमको सहकार्यमा विभिन्न देशमा रहेका कवि कबयत्रिलाई समेत समेटेर प्रत्यक्ष प्रसारण गरिएको थियो । यस किसिमको नौलो प्रयोगले विश्वको जुनसुकै कुनामा रहेका नेपाली साहित्य मनलाई जोडेर नेपाली साहित्यलाई अभिब्रिधी गर्न सहयोग पुग्ने अपेक्षा अनेसास कोलोराडो च्याप्टरले राखेको छ । अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा प्रमुख अतिथि तथा समाजसेबी तथा बुद्धिजीवी रमेश गुरुङको सभापतित्वमा भोला सिवाकोटी पुरानाघरेले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय कवि लगयात भुटान, भारत, इजरायल तथा बङलादेशमा बस्ने नेपाली कवि कबयत्रिहरुले अनलायन प्रविधिबाट आफ्नो रचना बाचान गर्नु भएको थियो । 

त्यस्तै उषा किरण अधिकारीको कर्ण प्रिय स्वर तथा वसन्त लम्सालको मार्मिक र मिठो लयको स्वरले साङ्गीतिक वातावरण बनाएको कार्यक्रमलाई च्याप्टरका अध्यक्ष भुपेन्द्र महतले स्वागत गर्नु भएको थियो । अनेसास कोलोराडो च्याप्टरका उपाधक्ष्य कपिल सुबेदी, सचिव दामोदर लुइटेल, अध्यक्ष भुपेन्द्र महत, रमेश गुरुङ, केन्द्रीय अध्यक्ष पदम विश्वाकर्मा, आनन्द पौडेल, हरि श्रेष्ठ जस्ता कबिहरुले प्रत्यक्ष रूपमा आफ्नो रचना प्रस्तुत गरेका थिए भने भोला शिवकोटी पुरानाघरेले, भुटानका कवि क्षत्रपती फुयाल, नेपालकी गजलकार मन्दिरा मधुश्रीको गजल र टेक्ससका कवि दीपक बस्नेतको कविता सुनाउनु भएको थियो भने न्युयोर्कका कवि गीतकार तथा कानुन व्यवसायी विनोद रोक्काको मुक्तक पनि वाचन गरिएको थियो ।
 
अनलायन मार्फत वासिङ्टन डि. सी.बाट प्रकाश नेपाल, नेपालबाट डा. देवी नेपाल, कोलोराडोका देव भट्टराई, इजरायलकी कबयत्राी निशा अर्याल, बैतडी नेपालका कवि कबिराज भट्ट बिलौना, भारत दार्जिलिङका कवि मनोज बोगटी, भारतको दिल्लीबाट दीपेन्द्र उपाध्याय, बङलादेशबाट कवि तथा समालोचक मुनाराज शर्मा जस्ता कबिहरुको सशक्त कविता वाचन गर्नु भएको थियो ।
 
कोलोराडोको अरोरा स्थित स्मोकी हिल पुस्तकालयमा भएको उक्त कार्यक्रममा याक एन्ड यती र भोला शिवकोटिले खानाको प्रबन्ध गर्नु भएको थियो । नयाँ प्रयोगको सुरुवातमा उल्लेखनीय दर्शक स्रोताहरुबाट हेरिएको उक्त कार्यक्रमको बिट सभापति रमेश गुरुङबाट मारिएको थियो ।

अनेसास कोलोराडो च्याप्टरको आयोजनामा नियमित साहित्य कार्यक्रम सम्पन्न फोटो: शैलेश पोखरेल

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक