Similar Articles

कोलोराडोको नेपाली रेस्टुरेन्ट याक एन्ड यती अमेरिकाकै उत्कृष्ट

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो:-
नेपाली व्यवसायी दिनेश भट्टराईद्वारा कोलोराडोमा सञ्चालित याक एन्ड यती रेष्टुरेन्टलाई रेष्टुरेन्ट समिक्षकहरुले उत्कृष्ट ठहराएका छन् । याक एन्ड यती नामबाट कोलोराडोको आर्भाडा, वेष्टमिन्स्टर र डेनभर सहरहरूमा सञ्चालनमा रहेको यी रेष्टुरेन्टहरुमा विशेष गरी नेपाली, भारतीय र तिब्बतियन परिकारहरु उपलब्ध छ । यसको साथै याक एन्ड यतीले ग्राहकहरुलाई आफ्नै परिसरमा तयार पारिएको बियर पनि उपलब्ध गराउछ । कोलोराडोमा रहेका उत्कृष्ट व्यवसायहरुलाई सूचिकृत गर्ने क्रममा डेनभर ए लिस्ट (Denver A List) ले याक एन्ड यतीलाई कोलोराडोमा भारतीय खाना पाइने रेष्टुरेन्टहरु मध्ये नम्बर १ मा राखेको छ भने अर्को संस्था (ट्वान्टी थ्री ए बि सि) 23abc ले अमेरिका भरीकै बुफे उपलब्ध भएका रेष्टुरेन्टहरु मध्ये याक एन्ड यतीलाई नम्बर २ मा राखेको छ । 

याक एन्ड यती रेष्टुरेन्ट सञ्चालनमा रहेको आर्भाडास्थित भवनले हन्टेड हाउस (तर्साउने घर) को रूपमा पनि प्रसिद्दि कमाएको छ । रेष्टुरेन्टले पाएको सफलता प्रति खुसी व्यक्त गर्दै रेष्टुरेन्टका सञ्चालक दिनेश भट्टराईले आगामी दिनमा आफ्नो रेष्टुरेन्टहरुमा ग्राहकलाई ठेट नेपाली परिकारहरु उपलब्ध गराउने तथा नेपाली पहिरनहरु प्रयोगमा ल्याउने तयारी गरिरहेको बताए ।
Video:


कोलोराडोको नेपाली रेस्टुरेन्ट याक एन्ड यती अमेरिकाकै उत्कृष्ट
कोलोराडोको नेपाली रेस्टुरेन्ट याक एन्ड यती अमेरिकाकै उत्कृष्ट
Dinesh With Family



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक