Similar Articles

प्रेस बिज्ञप्ती

सि के राउतको समाचार सम्बन्धमा प्रेस विज्ञप्ति

बिराट नेपाल

केही पत्रपत्रिकाहरुमा ‘डा.बाबुरामले सिके राउतलाई भेटे’ भन्ने व्यहोराको समाचार प्रकाशन गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो समाचार झुटो र कपोलकल्पित भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौँ । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले अधिकांश भेटघाट बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा गर्दै आउनुभएको छ र सानेपास्थित निवासमा राजनीति भेटघाट नगर्ने, गर्नुपर्दा पनि एक्लै भेटघाट नगर्ने र सामूहिक भेटघाट गर्ने प्रचलन आरम्भ गर्नुभएको छ । 

मधेस र पहाडलाई एकअर्र्काको विरोधीको रूपमा चित्रित गर्ने सत्ताधारी दलहरूको प्रतिवाद गर्दै मधेसी–थारु, आदिवासी–जनजाति र खस–आर्य तीनवटै क्लस्टरकाबीच सद्भाव र मजबुत एकता कायम गर्दै राष्ट्रिय एकता सबल बनाउने अभियानमा नयाँ शक्ति नेपाल लागि परेको छ । सोका निम्ति थारु, मधेस र आदिवासी जनजातिका जायज मागहरू पूरा गर्न अविलम्ब वार्ता संवादको थालनी गर्नुपर्छ भन्ने मान्यतासहित नयाँ शक्ति नेपाल अगाडि बढिरहेको सन्दर्भमा वार्ता, संवाद र सहमतिमार्फत राष्ट्रिय एकता कायम गर्न नचाहने तत्वहरु यो वा त्यो बहानामा नयाँ शक्तिलाई बदनाम गर्न लागि परेका छन् । त्यसतर्फ सचेत रहन र यस्ता निराधर, कपोलकल्पित र झूटा समाचारबाट भ्रमित नहुन र खुसी, सुखी र समृद्धिसहितको नयाँ नेपाल निर्माण गर्ने नयाँ शक्ति नेपालको अभियानमा गोलबद्ध हुन हार्दिक अपिल गर्दछु । 
 
खिमलाल देवकोटा
प्रवक्ता 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक