Similar Articles

आइसल्यान्डका विपक्षीद्वारा निर्वाचन मिति तय गर्न दबाब, प्रधानमन्त्रीद्वारा अस्वीकार

बिराट नेपाल

रेयकजाभिक, आइसल्यान्ड- 
आइसल्यान्डको प्रतिपक्षी दलहरूले अपतटीय कारोबार विवादमा मुछिएका पूर्व प्रधानमन्त्री सिगमन्डुर ड्याभिड गुनलगसनको राजीनामापछि सत्ता सम्हालेका वर्तमान् प्रधानमन्त्री सिगरदुर इङ्गी जोहानसनसँग संसदीय निर्वाचनको मिति शरद ऋतुका लागि तय गर्न आग्रह गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री जोहानसनले प्रतिपक्षीको यो आग्रहलाई मङ्गलवार अस्वीकार गर्नुभएको छ । सत्तामा आउनुअघि सन् २०१७ को अप्रिलमा तय भएको निर्वाचन शरदभित्र गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

आइसल्यान्डको वामपन्थी तथा मध्यपन्थी दलले जोहानसनलाई शुक्रवार अविश्वासको मतद्वारा हटाउन असफल भएपछि निर्वाचनलाई शरद ऋतुभित्रै गर्नका लागि प्रधानमन्त्रीलाई मङ्गलवार भेटी नयाँ चुनावको दिन तोक्न अनुरोध गरेका हुन् ।

पूर्वप्रधानमन्त्री गनलगसनसहित उहाँका मन्त्रिपरिषद्मा रहेका अर्थ र गृहमन्त्रीसमेतको नाम पानामा पेपर्समा समावेश भएको छ । उनीहरुमाथि पनि पूर्व प्रधानमन्त्री गुनलगसन जस्तै आर्थिक अनियमितता गरेको आरोप छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक