Similar Articles

नेपालको राजनीति गर्न देश भित्रै प्रयाप्त छन्, अमेरिकामा बसेर गर्नु पर्दैन – राजदूत कार्की

बिराट नेपाल

नतिबाबु भट्ट कोलोराडो, अमेरिका अप्रिल १७, २०१६
अमेरीकाको लागी नेपालका राजदूत डा.अर्जनकुमार कार्कीले कोलोराडोमा एक समारोह बिच नेपालमा राजनीति गर्न देश भित्रनै प्रयाप्त मानिस भएकाले अमेरिकामा बसेर नेपालको राजनीति गर्नु नपर्ने धारणा राखेका छन् । सङ्खुवासभा जिल्लाबाट अमेरिकामा आई बसोबास गर्ने नेपालीहरू एक जुट भई गठन गर्न लागिएको सङ्खुवासभा समाजको प्रथम साधारण सभाको पानसमा बत्ती बालेर उद्धाटन गर्दै उनले उक्त धारणा राखेका हुन् । राजदूत कार्कीले अमेरिकामा बसेर नेपालको लागी राजनीति गर्नुको सट्टा यहीको पार्टी सक्रिय भई नीति निमार्ण तहमा पुग्न सके नेपालको हितमा नीति गर्न सकिने यसबाट नेपाललाई ठुलो सहयोग पुर्याउन सकिने धारणा राखेका हुन् । विश्वमा नामै नसुनिएका देशका मनिसले यहाको राजनितमिा प्रवेसगरी माथिल्लो ओहोदामा पुगेर आफ्नो मुलुकलाई धेरै सहयोग पुर्याएका प्रसङ्ग उल्लेखगर्दै उनले अहिले नेपाली मूलका मान्छे त्यो ठाउमा भए आज आफूलाई कामगर्न कति सजिलो हुन्थ्यो होला भनेर कल्पना गर्ने गरेको बताए । 

यसरी उद्धाटन सत्रमा शुभकामना मन्तव्य राख्नेहरुमा पशुपति फाउण्डेसन क्यालिफोर्नियाका अध्यक्ष तथा आर्टिसिया सिटीका प्लानिङ्ग कमिष्नर भक्त थापा, भर्जिनिया प्रतिनिधि पवन बराकोटी खनाल, कोलोराडोमा चालिस वर्ष देखि बसोबास गर्दे आएका हेल्पिङ्ग ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठ, नयनराज पोख्रेल लगायतका रहेका थिए । बक्ताहरु सबैले आ–आफ्नो राजनीति आस्था, मूल्य र मान्यता देखी माथि उठेर बिसुद्ध गृह जिल्ला तथा मातृ भूमिको विकासको लागी समाजले अमूल्य योगदान गर्न सकोस भनी शुभकामना दिएका थिए ।

समाजका संयोजक शान्ति श्रेष्ठको अध्यक्षतामा संम्पन्न उद्धाटन सत्रको कार्यक्रममा धर्मराज श्रेष्ठ्ले स्वागत मन्तव्य राखेका थिए भने हरिकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । हसिलो मुद्रामा कार्यक्रम स्थल प्रवेश गरेका प्रमुख अतिथि राजदूत कार्कीलाई संयोजक शान्ति श्रेष्ठले खादा पहिर्याही दिई स्वागत गरेकी थिइन । कोलोराडोको लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा संखुवा सभामा जन्मेर अमेरिकामा बसोबास गर्ने नेपाली, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलायत, हङकङ, कोरिया, सिंगापुर, बु्रनाई, दुवाई, कतारमा सङ्खुवासभा समाज गठन भईसकेको र अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, वेल्जियममा गठन हुने क्रममा रहेको जानाकारी गराईएको थियो । त्यस्तैगरी सङ्खुवासभामा जन्मेर अमेरिकामा माथिल्लो स्थरमा पुग्न सफल व्यक्तिहरूको नाम पढेर सुनाईएको थियो । जसमा स्वयम् माहामहिम राजदूत अर्जुनकुमार कार्की, अमेरिकी राष्ट्रपति ओवामाका  à¤à¤¸à¤¿à¤¯à¤¨ अमेरिकन तथा प्यासिफिक आइल्याण्डर सम्बन्धी सल्लाहकार मण्डलका सल्लाहकार संजिता प्रधान, एनआरएनका निवर्तमान डाईरेक्टर बलराम थापा, नेपाली जनसंम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, प्रवासी नेपाली मन्चका अमेरिकाका उपाध्यक्ष जीवन जोशी, अमेरिका डेमोक्याटीक पार्टी कोलोराडो राज्य बोल्डर काउन्टिको पार्टी भोलेन्टियर परिचालन कमिटीका संयोजक सुरेन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरू सबै सङ्खुवासभामा जन्मिएका भनेर जानकारी गराईएको थियो ।

उद्धाटन सत्र पछि बसेको बन्द सत्रले समाजको विधान पारित गर्दै संयोजक शान्तिको संयोजकत्वमा ३१ सदस्सिय तदर्थ समिति गठन गरेको छ ।

फोटो: नातिबाबु भट्ट, शैलेश पोखरेल 

नेपालको राजनीति गर्न देश भित्रै प्रयाप्त छन्, अमेरिकामा बसेर गर्नु पर्दैन – राजदूत कार्की फोटो: शैलेश पोखरेल

Comments (1)

Sanu on

Superior speech of our honorable ambassador Arjun Karki sir "There are lots of leaders in nepal to do the politics no need from USA"

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक