Similar Articles

प्रेस बिज्ञप्ती

Bhutanese Kirat Rai organization of America प्रेस- बिज्ञप्ति

बिराट नेपाल

आफ्नो मौलिक जातीय पहिचान,संस्कार,भाषा र सांस्कृतिक मान्यताहरुलाई प्रबर्द्धन र सम्बर्धन गर्दै किरात समुदायको उत्थान र विकासको लागि साथै किरात स्वर्णिम समाज निर्माण गर्नको लागि स्थापित  BKROA, ले  à¤…मेरिकामा अनौपचारिक रूपमा शुभराम्भ सन् २०१३ को”Riverdale Sakela” मार्फत भएता पनि यस दीर्घ योजनाले गत साल “Erie Sakela" को सु-अवसार पारेर गरेको  à¤µà¤¿à¤¶à¥‡à¤· सम्मेलनले  à¤•à¤¿à¤°à¤¾à¤¤ राईहरुको औपचारिक संस्था "BKROA"को घोषणा गरी विविध कार्य योजनाहरू तर्जुमा गर्दै समापन गरिएको थियो | प्राकृतिक पुजक किरात राईहरुको महान् साकेला पर्वको शुभ-उत्सवमा यही आगामी मिति मई 14 मेरील्याण्ड राज्यको Riverdale मा,मई 21 पेन्सिलभेनिया राज्यको Erie मा र मई 29 मा म्यास्सचुसेट्स राज्यको Springfield सहरमा भव्यताको साथ उभौली साकेला पर्व-२०१६ सम्पन्न हुन गइरहेको सम्पूर्णमा जानकारी गराउदै छौ | प्रत्येक वर्षको सुरुवातमा जननी प्रकृतिलाई पुज्दै पालना गरिने उभौली साकेला पर्व किरात राई जातिहरुको अत्यन्त प्राचीन महान् उत्सवको रूपमा विख्यात छ | 

यसै महान् उत्सवलाई संयुक्त राज्य अमेरिका(USA) मा पनि सन् २०१३ देखि भुटानी किरात राईहरुले निरन्तर रूपमा विभिन्न सहरहरूमा मनाउदै आइरहेको छ |यस नाचको विशेषता भनेको नै विभिन्न वन्यजन्तु र चरा-चुरुङ्गीहरुको विविध हव-भावहरुलाई कलात्मक रूपमा समाहित गरी 'शिली"को रूपमा नाचिन्छ,र पितृदेवलाई सम्झिने, प्रकृतिलाई पूजा गर्ने, सारा सृष्टिमा शान्ति र सम्वृद्धिको निम्ति र अन्न-बालीको सुरक्षाको लागि बल माग्ने गरिन्छ | यसर्थ, किरात राईहरुको प्राचीन "शिली"( नाच ) को जगेर्ना गर्ने हेतुले "BKROA " को यी तीन शाखाहरुमा भव्यताको साथ साकेला-२०१६ को तयार भैरहेको छ | यी मध्ये शाखा 'म्यास्सचुसेट्स साकेला-२०१६" लाई संस्थाको केन्द्रीय तहको साकेला पर्वको रूपमा मनाउने निर्णय गरेको समस्तमा जानकारी गराउदै छौ |यसकारण, BKROA को स्थापना दिवसको रूपमा म्यास्सचुसेट्स साकेला-२०१६ लाई मनाउने संस्थाको केन्द्रीय निर्णय भएको हुनाले सम्पूर्ण नेपाली भाषी दाजु-भाइ,दिदी-बहिनीहरू,पत्रकारहरु, बुद्धिजीवीहरू, विभिन्न संसस्थामा आबद्ध पदाधिकारीहरू र शुभ-चिन्तकहरुलाई जानकारी गराउदै छौ | उक्त कार्यक्रममा विभिन्न क्षेत्रहरुबाट विशिष्ट अतिथिहरुको उपस्थिति हुनको  à¤¸à¤¾à¤¥à¥ˆ विविध किसिमको गीत सङ्गीत,नाच र सांस्कृतिक झाकीहरुको पनि प्रदर्शन गरिने छ | यसर्थ, उक्त दिन सबै जना उपस्थित भएर कार्यक्रमलाई सफल पार्न अमूल्य योगदान पुर्याई दिनु हुनेछ भन्ने अपेक्षा गरेका छौ | 

धन्यवाद !
Bhutanese Kirat Rai organization of America
कार्यकारिणी केन्द्रीय समिति


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक