Similar Articles

विश्व नेपाली समाचार (World)

नेपाली राजदूतावास जापान, एनआरएन तथा पर्यटन बोर्डले जापान र जापानीलाई धन्यवाद दिने

बिराट नेपाल

प्रेमिला गौचन (जापान)
विश्वको उच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्झनामा विगत ५ वर्षदेखि नेपालमा सगरमाथा दिवस मनाइदै आएको छ । आज भन्दा ६३ वर्ष पहिले सन १९५३ मे २९ मा उनीहरू सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसै दिनको अवसर पारेर जापान स्थित नेपाली राजदूतावासले जापान र जापानीलाई धन्यवाद दिने कार्यक्रम राखेको छ । गत वर्ष वैशाख १२ गते गएको    विनाशकारी भूकम्पले नेपालमा ठुलो धन जनको क्षति हुँदा जापानले गरेको सहयोग र सद्भभाव स्वरूप यो कार्यक्रम गरिने भएको हो । यस 'आरिगातोउ निहोन' अर्थात् धन्यवाद जापान कार्यक्रममा नेपाल भ्रमणको निम्तो कार्ड पनि वितरण गरिने राजादुताबासले जनाएको छ । उक्त कार्यक्रमको लागि आवश्यक सबै तुल, व्यानर, पोस्ट कार्ड सबै तयारी भइसकेको जनाउदै जापानमा भएका सबै नेपालीहरूलाई सहभागी भईदिनको लागि आवहान गरेको छ ।

मे २९ आइतबार अपरान्ह ३~४ बजे सम्म जापानको विभिन्न भागबाट एकैसाथ धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा ३० हजार प्रति नेपाल भ्रमणको लागि निम्तो कार्ड पनि वितरण गरिनेछ । जापानको मुख्य सहर सिन्जुकु, शिबुया, इकेबुकुरो लगायत योकोहामा, साइतामा, निगाता, इवाराकी, चिवा, सेन्दाई, ओकिनवा र होक्काइदोमा पनि नेपाली पोशाकमा उपस्थित भई दिनको लागि राजादुतावासले जनाएको छ । यस कार्यक्रममा एनआरएन जापान र पर्यटन बोर्डले पनि हातेमालो गर्नेछ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक