Similar Articles

विश्व नेपाली समाचार (World)

जापानमा बुद्ध जयन्ती भव्य रूपमा मनाउदै

बिराट नेपाल

टोकियो, नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा २५६९ औ बुद्ध जयन्ती भव्य रूपमा मनाउने तयारी गरेको छ  । आगामी मे २२ आइतबार निप्पोन म्याहोउजी  चियोदा टोकियोमा एक समारोहको बिच बुद्ध जयन्ती मनाउन गैरहेको जनजाति महासङ्घ जापानका वरिष्ठ उपाध्यक्ष तथा बुद्ध जयन्ती समारोहको संयोजक हवाल चन्द्र लामाले जानकारी दिनु भयो ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलबारे विश्वमा फैलाइएको भ्रम चिर्ने  उद्देश्यका साथ गर्न लागिएको आयोजकले बिआरटी नेपाललाई जानकारी दिएको छ  । हरेक वर्ष बुद्धपूर्णिमाका दिन बुद्ध जयन्ती देश विदेशमा मनाउने गरिन्छ । यसवर्ष नेपाल सरकारले बुद्धजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय बौद्ध ऐतिहासिक सम्मेलन गर्न लागेको छ । सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गइरहेको छ सो सम्मेलनमा विभिन्न मुलुकका सरकार प्रमुखहरुको उपस्थित हुने जनाएको छ । त्यसैले जनजाति महासंघ जापानले पनि बुद्धको जन्मस्थानको भ्रम चिर्न सो कार्यक्रमले टेवा पुग्ने आशा लिएको छ त्यस दिन बौद्ध धर्म गुरुबाट पूजा पाठ हुने बताएको छ  । पदम गुरुनले प्रायोजन गरेको उक्त समारोहमा सहभागी हुन जापानवासी नेपालीहरूलाई नेफिन जापानले अपिल गरेको छ  ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक