Similar Articles

इजिप्ट एयरको विमान रेडारबाट बेपत्ता

बिराट नेपाल

प्यारिसबाट कायरोतर्फ उडिरहेको इजिप्ट एयरको विमान ६६ यात्रु सहित रेडारबाट वेपत्ता भएको अधिकारीहरुले बताएका छन् । एअरबस ए ३२० विमान पूर्वी भूमध्यसागरस्थित इजिप्टको हवाई क्षेत्रमा प्रवेश गरेपछि हराएको थियो ।

सो विमानमा ३ नाबालकसहित ५६ जना यात्रुहरु, सात चालक दलका सदस्य र तीन सुरक्षाकर्मी रहेको जनाइएको छ । इजिप्ट एयरले यात्रुहरुमध्ये एक जना ब्रिटिस, १५ जना फ्रेन्च र ३० जना इजिप्टेली नागरिक रहेको बताएको छ ।

हराइरहेको विमानको ग्रीस र इजिप्टका सशस्त्र बलले खोजी गरिरहेका छन्। फ्रान्सले खोजलाई सहयोग पुर्‍याउन ढुङ्गा तथा विमान खटाएको जनाएको छ।

एक ग्रीक अधिकारीले एएफपी समाचार संस्थालाई उक्त विमान ग्रीकको कार्पेथस टापुबाट १३० नटिकल माइल दक्षिणमा दुर्घटना भएको बताएका छन् । तर त्यसको पुष्टि हुनसकेको छैन । पूर्वी भूमध्यसागर क्षेत्रमाथिबाट हराउनु अघि सो विमान ३७ हजार फिटको उचाइमा उडिरहेको बताइएको छ ।

एक अधिकारीका अनुसार कायरोको स्थानीय समय अनुसार २ बजेर ४५ मिनेटदेखि सो विमानको रेडारसँगको सम्पर्क विच्छेद हुन पुगेको थियो । à¤¬à¤¿à¤¬à¤¿à¤¸à¥€


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक