Similar Articles

विश्व नेपाली समाचार (World)

जापानको नागारेया जङलमा मृत अवस्थामा भेटिएका गुरुङको अन्त्येष्टी सम्पन्न

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता (जापान)प्रेमिला गौचन-
भनिन्छ जीवन एक कर्कलाको पात हो, कसैलाई यो उखान टुक्का सत्य साबित हुन्छ भने कसैलाई यो दन्त्य कथा । मानिसको जन्म पछि मृत्‍यु निश्चित छ, यो ध्रुव सत्य हो तथापि कुनै मान्छे आफ्नो मृत्‍यु आँफै रोज्छन। उनै आँफै मृत्‍यु रोज्ने मध्यका एक पनि परे कास्की, ढिकुर पोखरीका ४१ वर्षीय बुद्धि बहादुर गुरुङ । 

एक सा एक बेपत्ता भएका गुरुङ खोजतलाशको क्रममा चिवाकेन स्थित नागारेया जङलमा मृत अवस्थामा भेटिए । अन्तत: तमुधी जापान, स्थानीय बासी र चिवा अस्पतालको अनुसन्धानबाट उनको मृत्‍यु आत्महत्या नै भएको ठहर गरिएको थियो । उक्त सबलाई तमुधी जापानको अग्रसरमा चिवा, खासिवास्थित फुनेरल शबग्रीहमा गत आइतबार अन्त्येश्टी गरिएको थियो । अन्यस्टी कार्यक्रममा स्थानीय बासी, जापानका क्रियाशील सङ्घ संस्थाका प्रतिनिधि एन आर एन आई सी सी, एन आर एन जापान लगायतका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । 

सोही दिन म्रीतक गुरुङका धर्म पत्नी शान्ति नेपाल उडानका लागि ८ मान जापानी एन सहयोग गरिएको धि का अध्यक्ष श्री गुरुङले बताउनु भयो । साथै जापानका केही सङ्घ, संस्थाहरूले पनि आर्थिक सहयोग गरेका छन् । कूक भिसामा ८ वर्ष पहिले जापान आएका स्व गुरुङका श्रीमती र एक छोरा अनि एक छोरी छन् । श्रीमती गुरुङ सोही दिन अस्तुका साथ नेपाल फर्किसकेकी छिन। उनले नेपालमा गुरुङ परम्परा अनुसार काजकृया गरिने तमुधीका पूर्व अधक्ष्य भीम गुरुङ्ले बताउनु भयो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक