Similar Articles

विश्व नेपाली समाचार (World)

अनाथ बालबालिका सहयोगार्थ मिसिसागामा मेगा ईभेन्ट हुँदै

बिराट नेपाल

टोरोन्टो, नेपालमा माईति नेपाल मार्फत अनाथ बालबालिकाको सहयोगका लागि क्यानडाको मिसिसागामा चर्चित हास्यकलाकार जोडी दीपक र दिपाको उपस्थितिमा सहयोग सङ्कलन कार्यक्रम गरिने भएको छ । माईति नेपालकी संचालिका सी एन एन हिरो अनुराधा कोइराला समेत उपस्थितमा सम्पन्न हुने सो कार्यक्रममा दीपक दिपाको साथमा सुदर्शन गौतम, स्थानीय कलाकारहरू पदम भट्टराई, रोशन केसी, अनु-आस्था अधिकारी, प्रभुराज सन्ज्याल र पुष्कर भट्टको बेजोड प्रस्तुति हुनेछ ।

कार्यक्रम मिसिसागा स्थित ग्रान्ड भिक्टोरियन कन्भेन्सन सेन्टर, १७५ डेरि रोड मा जुन ३ गते शुक्रवार साँझ ७ बजे देखी राती १ बजे सम्म हुनेछ ।

पहिलो पटक क्यानडा आउन लागेका चर्चित हास्य कलाकारको जोडीले अनाथ बालबालिकाको सहयोगका लागि शुल्क नलिई कार्यक्रम गर्ने कुरा  à¤†à¤¯à¥‹à¤œà¤• संस्था ग्रेटर टोरोन्टो लायन्सका अधक्ष्य हरि शिवाकोटीले बताए । उनीहरूको टिकट खर्च भने आयोजकले व्यहोर्ने छ ।  à¤¸à¥‹ कार्यक्रममा ८ वर्ष मुनिका बच्चा-बच्चीलाई प्रवेश निषेध गरिएको छ ।

प्रति व्यक्ति ३० डलर प्रवेश शुल्क राखिएको कार्यक्रममा नास्ता उपलब्ध गराईने र संकलित रकम खर्च कटाई माईति नेपालका सञ्चालक अनुराधा कोइरालालाई कार्यक्रम स्थलमा नै हस्तान्तरण गरिने पनि शिवाकोटीले नवसन्देशलाई बताए । कार्यक्रममा अनुराधा कोइरालालाई सम्मान समेत गरिने छ ।

उक्त कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गराउन ग्रेटर टोरोन्टो बासी सम्पूर्ण नेपाली दाजुभाइ दिदी-बहिनीहरूलाई उपस्थिति भई भूकम्प पीडित तथा अविभावक गुमाएका बाल बच्चाहरुका निम्ति होस्टल सञ्चालनका लागी सहयोग गर्न आयोजकले अनुरोध गरेका छन् । स्मरण रहोस्, माईति नेपालले सञ्चालन गरेको बिधालयमा ८०० अनाथ बालबालिकाहरुले निःशुल्क शिक्षा लिइरहेका छन् । नब सन्देशबाट 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक