Similar Articles

विश्व नेपाली समाचार (World)

जापानमा धन्यवाद कार्यक्रम सम्पन्न

बिराट नेपाल

प्रेमिला गौचन, जापान । 
गत साल नेपालमा गएको शक्तिशाली विनाशकारी भूकम्पले ठुलो धन जनको क्षति हुँदा जापानी जनता सहित जापान सरकारले नेपाल लाई गरेको सद्भाव, भावनात्मक सहयोग लगायत आर्थिक सहयोग गरे बापत नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए जापानले संयुक्त रूपमा आयोजना गरेको धन्यवाद कार्यक्रममा नेपाल भ्रमणको निम्तो कार्ड समेत सहभागी नेपाली दाजुभाइ दिदीबहिनीहरुले वितरण गरेका थिए । 

मे २९ तथा सगरमाथा दिवसको अवसर पारेर गरिएको सो कार्यक्रममा जापानको मुख्य सहर टोकियो लगायत ५० सहरमा सम्पन्न गरिएको थियो ।   कार्यक्रममा' जापानलाई धन्यवाद, नेपाल घुम्न जाऊ, नेपाल जापान मैत्री सम्बन्ध साठीऔ वर्षगाठ मनाउ' जस्ता लेखिएका पम्प्लेटहरु वितरण गरिएको उक्त कार्यक्रममा वोरेनो नेपारुनो तेगामी देश, कोरेवा नेपारुनो ब्रोस्युर देश, जेही किते कुदाइ जस्ता शब्द प्रयोग गरी शिष्टताका साथ जापानी नागरिकहरुलाई धन्यवाद तथा नेपाल भ्रमणको निम्तो बाडिएको थियो र जापानीहरुले पनि निकै उत्साहका साथ उक्त निम्तो कार्ड लिएका थिए । 

नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र भएकोले विदेशमा भएका नेपालीहरूले कुटनितिक क्षेत्रबाट अर्थात् सर्वसाधरणको तर्फबाट पनि विदेशीहरुलाई नेपाल भ्रमणको बारेमा उत्प्रेणा जगाउन सकेमा युवाहरूलाई विदेश पलायन हुनमा केही हदसम्म भए पनि कम गर्न सकिन्छ कि भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्र राज राजभण्डारी बताउनु भएको छ । 

नेपाल भ्रमण गन्तब्यको विश्वको अग्रस्थान सूचीमा पनि पर्न सफल भएकोले हामी विदेशमा भएका नेपालीले पनि नेपालको पर्यटन प्रबर्धनमा केही सहयोग पुगोस भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरेका हौ" भन्नु भयो जापानका लागि पर्यटन प्रबर्द्धनका अभियन्ता तथा एनारएन आईसिसीका उपाध्यक्ष भवन भट्ट । 

एनारएन अाईसिसीका संयोजक किरण विक्रम थापा, सदस्य कपिलदेव थापा, ओम गुरुङहरू समेत सहभागी भएका उक्त कार्यक्रममा एभरेष्ट इण्टर्नेशलका अध्यक्ष्य डा. भुपालमान श्रेष्ठ, संचारकर्मी जिज्ञान कुमार थापा युवा संयोजक लेनिन भट्टचन, सल्लाहाकार सरद गौचन, थसेसका बुद्धि गौचन लगायत सहभागी सम्पूर्ण जापानबासी नेपालीलाई एनअरएनए जापानका अध्यक्ष्य सुदन थापाले धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो ।


जापानमा धन्यवाद कार्यक्रम सम्पन्न
जापानमा धन्यवाद कार्यक्रम सम्पन्न
जापानमा धन्यवाद कार्यक्रम सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक