Similar Articles

सेनाको हतियार भण्डारण केन्द्रमा आगलागी, सत्रको मृत्यु

बिराट नेपाल

मुम्बई, जेठ १८ गते । भारतको महाराष्ट्रमा रहेको सैनिक हतियार भण्डारण गोदाममा सोमबार मध्यराति भएको आगलागीमा परी कम्तीमा १७ जना सैनिकको मृत्यु भएको छ । यस लागलागीमा परी अन्य १९ जना सैनिक घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले सोमबार सो समाचार दिएका छन् ।

पश्चिम भारतीय राज्य महाराष्ट्रको नागपुर सहरनजिकै पुलगाओन क्षेत्रमा रहेको सो गोदाममा स्थानीय समयाअनुसार सोमबार मध्यराति सो आगलागी भएको बताइएको छ । यस आगलागाीमा परी १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका र घाइतेहरुको अवस्था खतरामुक्त भएको वार्धा जिल्ला प्रहरी निरीक्षक स्मित पाटिलले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

हाल उद्धारकर्ताहरुले सो आगलागी नियन्त्रणमा लिइएको बताएका छन् । सो गोदामको वरिपरि बसोवास गर्दै आएका हजारौँ बासिन्दालाई त्यस स्थानबाट अन्यत्र सुरक्षित स्थानमा सारिएको पनि बताइएको छ । भारतीय समाचार समिति पिटीआइका अनुसार सो घटनामा मारिएका १७ जना नै सैनिक अधिकारी हुन् । मङ्गलबार मध्य राति सुरु भएको सो आगलागी स्थानीय समयअनुार बिहान मङ्गलबार ६ः१५ बजे मात्र नियन्त्रणमा लिइएको बताइएको छ । रासस ÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक