Similar Articles

विश्व नेपाली समाचार (World)

साईकृपाले बाड्यो दिल्लीको बदरपुरमा सर्वसाधारणलाई निःशुल्क सर्वत पानी

बिराट नेपाल

अर्जुन खनाल/ नयाँ दिल्ली
भारतको राजधानी दिल्लीको बदरपुरमा श्री साईकृपा च्यारिटेवल ट्रष्ट(रजि)ले आइतबार दिउसो सर्वसाधारणलाई निःशुल्क सर्वत पानी बाडेको छ । दिल्लीको तापक्रम बढीरहेको अवस्थामा बाटोमा हिड्ने मान्छेहरूलाई यसरी निःशुल्क रूपमा सर्वत पानी बाड्नु भनेको हाम्रो नेपाली चलनमा पुण्य कमाउनु पनि हो ।मानव सेवा नै धर्म हो भन्ने मूल नारालाई आत्मसात गर्दै दिउँसोको दिल्लीको ट्न्ट्लापुर घाममा साईकृपाका पदाधिकारीहरू बाटोमा हिड्ने सर्वसाधारणलाई चिसो सर्वत पानी बाड्नमा व्यस्त देखिन्थे ।

दिल्लीमा करिब २० ओटा जति नेपाली गैर राजनीतिक सङ्घ संस्थाहरू भए पनि यस्ता कामहरू बिरलै देख्न पाइन्छ । साईकृपाले विभिन्न सामाजिक कार्य लगाएत विभिन्न समयमा कुनै न कुनै अवसर पारेर  नेपाल देखि ख्याति प्राप्त कलाकारहरुलाई बोलाई संस्कृतिक कार्यक्रम पनि गरी प्रवासी नेपालीहरूलाई मरोरन्जन दिँदै आएको कुरा बिधिवत नै छ ।

संस्थाले अनौपचारिक रूपमा कार्यालयको उद्घाटन पनि सोही दिन गरेको छ कुनै ख्यातिप्राप्त व्यक्तिलाई नबोलाई सामाजिक कर्य गरी कर्यलयको विधिवत रूपमा सुरुवात गरिएको हो । उक्त कार्यलय आफ्नो संस्थागत प्रयोगको लागि नभई नेपालबाट दिल्ली आई अलपत्र परेका, रेस्क्यु गरिएका महिला, गरिब, आदिलाई केही दिन बाँस दिई नेपाल सम्म पठाउने व्यवस्था गर्नको निम्ति खोलिएको भन्दै ट्र्ष्टका अध्यक्ष विष्णु केसीले जानकारी दिनुभयो ।

संयोगलले अनौपचारिक घुमघाममा रहनुभएका नेपालको पश्चिमी जिल्ला अर्घाखाँचीमा कर्यरत डिएसपी नवरत्न पौडेलको पनि उक्त कार्यक्रममा उपस्थिति थियो । जेठ १५ गणतन्त्र दिवसको दिन पौडेल प्रबल जनसेवाश्री बिभुषणबाट सम्मानित पनि हुनुभएको छ । प्रवासमा पनि नेपालीहरूको सामाजिक कार्य देखेर थप उत्साह जागेको कुरा व्यक्त गर्नु भएको थियो । सोही समाजिक कार्यमा ट्र्ष्टका पदाधिकारीहरू बिश्नु केसी, गोपाल पाण्डे पिताम्बर खत्री, सन्दिप भाट, फोटोग्राफर किसन शर्मा आदिको उपस्थिति रहेको थियो ।

साईकृपाले बाड्यो दिल्लीको बदरपुरमा सर्वसाधारणलाई निःशुल्क सर्वत पानी
साईकृपाले बाड्यो दिल्लीको बदरपुरमा सर्वसाधारणलाई निःशुल्क सर्वत पानी
साईकृपाले बाड्यो दिल्लीको बदरपुरमा सर्वसाधारणलाई निःशुल्क सर्वत पानी
साईकृपाले बाड्यो दिल्लीको बदरपुरमा सर्वसाधारणलाई निःशुल्क सर्वत पानी



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक