Similar Articles

अमेरिकाले आफ्ना नागरिकलाई युरोपमा सतर्क रहन आग्रह

बिराट नेपाल

वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकका नाममा यात्रा अनुमतिसम्बन्धी सूचना जारी गरी युरोपमा सतर्क रहन आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्रालयले यसवर्षको ग्रिष्मकालीन अवधिमा युरोपमा आतङ्ककारी आक्रमणको खतरा रहेको भन्दै युरोपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई सतर्क रहन भनेको हो । हामीले हाम्रा नागरिकलाई युरोपका विभिन्न क्षेत्रमा सतर्क अवस्थामा रहन आग्रह गरेका छौँ सो यात्रा अनुमतिपत्रमा भनिएको छ ।
उक्त पत्रमा युरोपका विभिन्न क्षेत्रहरुजस्तै पर्यटकीय क्षेत्र, रेष्टुरेन्ट, आर्थिक केन्द्रहरु, सार्वजनिक यातायातका रुटहरुका साथै प्रमुख कार्यक्रमहरुमा पनि आतङ्कवादीहरुले आक्रमण गर्नसक्ने सम्भावना रहेको सूचना प्राप्त भएको बताइएको छ । ग्रिष्म मौसममा ठूलो सङ्ख्याका विदेशी पर्याटकले युरोप भ्रमण गर्ने गरेकाले यसै समयलाई आतङ्ककारीले पनि तारो बनाउने आशङ्का अमेरिकाले गरेको छ ।

युरोपका कुनैपनि क्षेत्रहरुमा आयोजना गरिने ठूला कार्यक्रम एवम् घटनामा सतर्कतासाथ सहभागी हुन पनि अमेरिकी विदेशमन्त्रालयको सो सूचनामार्फत निर्देश गरिएको छ । केही समययतादेखि आतङ्कारी संगठनले युरोपलाई आक्रमणको तारो बनाउने गरेका छन् । जसका कारण कैयौं नागरिकको ज्यान पनि गएको छ । दुई वर्षयता फ्रान्सको राजधानी पेरिसमा दुई पटकसम्म आक्रमण भएको छ भने बेल्जियममा पनि आइएसले गरेको आक्रमणबाट ठूलो त्रास फैलिएको छ । आतङ्ककारीहरुले यसरी युरोपलाई तारो बनाउन थालेपछि अमेरिकाले आफ्ना नागरिकलाई युरोप यात्रा गर्ने क्रममा सतर्कता अपनाउन आग्रह गरेको हो । एजेन्सी



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक