Similar Articles

फिफा बरियतामा नेपाल दुई स्थान तल

बिराट नेपाल

काठमाडौँ: विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ । फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एसियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ ।

दक्षिण एसियाली मुलुकहरू भारत १६३ औं स्थानमा रहेर दक्षिण एसियाको शीर्ष स्थानमा पुगेको छ । यसअघि दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४ औं स्थानमा पुगेको छ । त्यस्तै बङ्गलादेश १८१ औँ, भुटान, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ औं, १८९औं र १९२ औं स्थानमा छन् ।

त्यस्तै, दक्षिण एसियाबाट छुट्टिएर मध्य एसिया फुटबल फेडेरेसनमा आवद्ध भएको अफगानिस्तान १५६ औँ स्थानमा छ । विश्व बरियताको शीर्ष स्थान अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौं स्थानमा छन् । छैटौँ, सातौँ, आठौँ, नोवौं र दसौँ स्थानमा क्रमशः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अष्ट्रिया छन् । रासस



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक