Similar Articles

विश्व नेपाली समाचार (World)

नेपाली समाज युएई को अन्तरक्रिया सम्पन्न

बिराट नेपाल

निमकान्त पाण्डे, दुबई। 
युएईमा क्रियाशील विभिन्न सामाजिक संस्थाहरू बिच नेपाली समाज युएईले अल सिराज लसी सेन्टरमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधि,समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा रहेको थियो । नेपालीहरूको सबै भन्दा पुरानो सामाजिक संस्थाको रूपमा रहेको समाजले आफ्नो २६ औ वार्षिक उत्सब तथा कल्याणकारी कोष स्थापनाको मुख्य विषयलाई अन्तरक्रियाको विषयमा राखेको थियो।

समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा युएईमा क्रियाशील करिब चालिस सस्था प्रमुखहरु उपस्थिति रहेको थियो। विगतमा नेपाली समाज जस्तो रहेता पनि आजको अन्तरक्रिया कार्यक्रममा सामाजिक भावना बोकेका नेपालीहरूको उपस्थितले आफूलाई मलजल मिलेको अध्यक्ष साप्कोटाले समाजलाई नयाँ ऊर्जा पुगेको भन्दै कार्यक्रम सफल भएको बताए ।

समाज सेबिहरुको अमूल्य सुझावले समाजलाई सही निर्देशन दिनका लागी कोशेढुंगा साबित हुने जनाउदै महासचिव मणि भुर्तेलले अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई सुझाव राख्ने अवसर दिएका थिए ।

कार्यक्रममा उपस्थित संस्था प्रमुखहरुले आ-आफ्ना विचारहरू राख्दै संस्थाले युएई स्थित कार्यरत लगभग चार लाख नेपालीहरूको साझा संस्था नेपाली समाजले धेरै भूमिकाहरु निर्वाह गर्न बाकी रहेको जनाउदै समाजले गरेका हरेक राम्रा कामहरू प्रति पूर्ण साथ समर्थन दिने प्रतिबद्धता प्रकट गरेका थिए ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक